ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

विराटनगरमा मिटरब्याज आतंक : ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।

उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

सुनवर्षी नगरपालिका–४ निवासी अमितकुमार यादवका अनुसार जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेपछि उजुरी दिनु परेको हो। उनले हुलाकमार्फत् पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन्। ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भने।

पीडितको उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ। उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्य(तथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘सर्वसाधारणले गुनासो दिएपछि दुबै पक्षलाई छलफलमा बोलाएका छौं। छलफलपछि सत्य(तथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं।’

प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा, ‘अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी उजुरीमा विपक्षी बनाइएका सञ्जयप्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ।

मिटरब्याज पीडित १७ जनाको उजुरीपछि पक्राउ २०७७ मंसिर २९ मा मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो।

२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।

त्यतिबेला मन्टु कारागार चलान भएका थिए। २०७९ जेठ ९ गते फैसला हुँदा मन्टुले सफाइ पाएका थिए। जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत् पत्र पठाएर पुनः पैसा माग्न थालेका थिए। ती पत्रमा ‘फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेकोले’ तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ।

यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिए। उजुरीकर्ताहरूको भनाइमा मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोन र बीचमा तेस्रो व्यक्ति खटाएर दबाब दिने गर्थे।

पीडित अमित भन्छन्, ‘मन्टु जेलबाट छुटे पनि उनको प्रवृत्ति उस्तै छ। उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछन्। हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?