Butwal Today

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

६ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ६ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गर्न नदिएका रास्वपा र राप्रपाले अन्ततः संसद् बैठक बहिस्कार गरेका हुन् ।यसअघि राप्रपाले मात्रै संसद् बहिस्कार गरेकोमा यो पटक रास्वपाले पनि बैठक बहिस्कार गरेर बाहिरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद् अवरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सो माग सम्बोधन नभए पछि रास्वपा र राप्रपाको विरोधका बिचमा बजेट र विनियोजन विधेयक माथि छलफल जारी राखे पछि उनीहरू नाराबाजी गर्दै बैठक स्थलबाट बाहिरिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?