ट्रेंडिंग:

>> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै

पाउन छाड्यो बाँसको छिट्वा 

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बर्दिया, ०६ असार ।

थारु समुदायले प्रयोग गर्दै आएको पुर्ख्यौली हस्तकलाका समानहरू पाउनै मुस्किल भएको छ । प्लास्टिकको भाँडा प्रयोग गर्न थाले पछि थारु समुदायले प्रयोग आएका बाँसबाट निर्मित सामानहरू पाउन मुस्किल भएको हो । गोवर्धन थारु सानै उमेर देखि बाँसको भाँडाहरू प्रयोग गर्दै आएको आफ्नो परिवारलाई देख्दै आएका थिए । उनी ५ कक्षा पढ्दै गर्दा आफ्ना हजुर बुबा र बाबु सँग गोठाला जाँदा सानै उमेर देखि बाँसको सामान बनाउन रहर मान्ने गर्थे ।

समय सँगै उनी उमेर पनि ठुला हुँदै गए र दश वर्षको उमेरदेखि उनी बाँसका समान नाङ्लो, छिट्नी, डिलिया, छिट्वन हाते बेना लगाएका सामान बनाउन सिक्न सुरु गरे, उनलाई त्यो सब सिक्न धेरै समय लागेन र थारु समुदायले प्रयोग गर्ने बाँसका सामाग्री बनाउन थाले । १८ वर्ष अघिसम्म थारु समुदायले बाँसबाट बनेका सामानहरू प्रयोग गर्दै आएका थिए तर अहिले अधिकंस मानिसहरू प्लास्टिकबाट बनेका समानहरू प्रयोग गर्न थाले । प्लास्टिकका सामानहरू प्रयोग गर्नका लागि कुनै समय कुर्न नपर्ने बजारबाट ल्याएर सिधै प्रयोगमा ल्याउन मिल्ने भएकोले सजिलै मानिसहरूको रोजाइमा पर्न गएको पाइन्छ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ५ बढैया गाउँमा उनले बाँसका समानहरू बनाउँदै गरेका छन् । उनी बाह्रौँ महिना बाँसको समानहरू बनाउने गरेका जानकारी गराए । पहिलाका पुर्खाहरू खास गरी चैत्र वैशाखको महिनामा किसानहरूको काम कम भएको बेला प्राय सबै मानिसहरू बाँसको समान बनाउँदै गरेका देख्न पाइन्थ्यो । तर पहिलेका पुर्खाहरू धेरै जसोको मृत्यु भयो, धेरैले काम गर्न नसक्ने अवस्थामा छन् ।

उनले भने, पहिलाको समयमा २० वर्ष उमेरका आसपासका केटाकेटीहरू समान बनाउन धेरै रुचि राखेको देख्न पाइन्थ्यो तर समय परिवर्तन सँगै अहिले युवा युवतीहरू आफ्नो संस्कार र आफ्नो पुर्खाले जर्गेन गरेका रैथाने समान बनाउन सिप सिक्नका लागि कुनै चासो देखेको मिल्दैन । अहिले सबै शिक्षित भएको कारणले र धेरै मानिसहरू जागिरको सिलसिलामा बहिरा बसेको कारणले पनि हुन सक्छ चासो देखेको मिल्दैन ।

अहिले सम्म कति धेरै समानहरू बनाएको छु कुनै गिन्ती नै छैन । उनले भने, अहिले सम्म बनाएको कुनै पनि सामाग्री बिक्री गरेको छैन । बिक्री गरेको भए राम्रै आम्दानी भएको हुन्थ्यो तर आवश्यक परेका मानिसहरूले बनाउन भन्छन् र बनाएर दिन्छु, थारुले भने । धेरै मानिसहरूलाई देख्छु थारु समुदायले पुस्तौँदेखि प्रयोग गर्दै आएका रैथाने सामाग्रीहरू निकै राम्रो मूल्यमा बिक्री गरिरहेका छन् ।

अब  सामान बनाएर बजारमा बिक्री गर्ने सोचमा रहेको थारुले बताए । केही रुपैयाँको बिक्री गर्न सके बुढेसकालको खर्च जुट्न सक्छ उनले भने ।  पालिका लगायत सरकारले विभिन्न किसिमको रैथाने सामग्री बनाउने तालिम दिँदै आएको देखिन्छ । तर सरकारले र पालिकाले कतै पनि बाँसबाट बनेका सामाग्रीहरू बनाउने तालिम दिएको देखिँदैन । छिट्वा छिट्नी लगायतका सामानहरूमा खानेकुरा राख्नका लागि निकै राम्रो र स्वास्थ्यकर मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?