ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला, टी–२० शृंखलामा दोस्रो जित

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

काठमाडौँ ।

स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ।

ग्लास्गोमा भएको खेलमा अघिल्लोपटक तेस्रो सुपर ओभरमा भोगेको हारको बदला लिँदै नेपालले बिहीबार नेदरल्यान्ड्सलाई हराएको हो।

ओपनर कुशल भुर्तेलको अर्धशतक सहयोगमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

जारी शृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गर्दा नेदरल्यान्ड्सको भने यो दोस्रो पराजय हो।

अब शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ।

पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। बिहीबार नेदरल्यान्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य नेपालले २ बलअगावै चार विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। १६ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका भीम सार्की भान डे मेर्वेको बलमा बोल्ड आउट भए।

चौथो विकेटका लागि ओपनर कुशल र आरिफ शेखले ४४ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ६५ रन बनाएका कुशल १६ औँ ओभरको चौथो बलमा क्याच आउट हुन पुगे। कुशलले ५१ बलमा ६ चौका सहयोगमा ६५ रनको सर्वाधिक योगदान दिए।

२३ बलमा ३ चौका र २ छक्का सहयोगमा ३९ रन बनाएका आरिफ शेख रिटायर्ड हर्ट भए।

दीपेन्द्र सिंह ऐरी १६ र लोकेश बम १२ रनमा नटआउट रहे।

कप्तान रोहित पौडेल ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ७ रनमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के।

त्यसअघि स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।

सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए।

नेपालका लागि करण केसीले दुई विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?