Butwal Today

प्रधानमन्त्रीले कुरा नसुने पछि बैठक बहिस्कार गर्न बाध्य भयौँ: रास्वपा

६ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ६ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र लगाएर संसद्मा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद् बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।

‘आज सङ्घीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप आउनुभयो र विश्वव्यापी रूपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिबन लगाएर आयौँ, हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन,’ सांसद मनिष झाले भने, ‘बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र कुरा प्रधानमन्त्रीले पनि नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’