© 2026
गुल्मी, ६ असार ।
वर्षाका कारण पहिरो गएपछि गुल्मीको काली गण्डकी कोरिडोर र रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्तरगत काली गण्डकी गाउँपालिका –१ स्थित गरगरे भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेपछि आज अपराह्नदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसै गरी रिडी–वामीटक्सार सड खण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थित सिस्ने भीरमा सडक माथिबाट पहिरो खसेका कारण उक्त सडक पनि आज अपराह्नदेखि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिएका छन् ।
हिरो गएपछि उक्त दुवै सडकमा अहिले यातायात आवागमन पूर्ण रुपमा बन्द भएको छ । अवरुद्ध सडक सुचारु गर्नका लागि कालीका कन्स्ट्रक्सन र स्थानीय पालिकाहरूको पहलमा सडक सुचारु गर्न थालिए पनि सडक माथिबाट चट्टान सहितको ठुलो पहिरो खसेका कारण तत्काल सडक सुचारु गर्न समस्या परेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट वामीटक्सार, बुर्तिबाङ्, वाग्लुङ, पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सम्पूर्ण सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् ।