Butwal Today

एनप्याब्सन रुपन्देहीद्वारा कविता लेखन, वाचन र चित्रकला प्रतियोगिता सम्पन्न

६ असार २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ६ असार। विद्यार्थीहरुमा रहेको कला प्रस्फुटन गर्ने उदेश्यका साथ नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता गरिएको छ । रचनात्मक क्षमता अभिवृद्धि र गुणात्मक शिक्षामा जोड दिदै आएको संस्थाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको कविता लेखन तथा वाचन (सिनियर) तर्फ देवदह इङ्लिस बोर्डिङ स्कुलकी दिया न्यौपाने प्रथम, सिद्धार्थ बोर्डिङ स्कुलकी स्मृति भट्टराई द्वितीय, ग्लोरी बोर्डिङ स्कुलकी सिद्धी केशरी तृतीय तथा बुटवल ग्लोरीकी गुराँस गहतराज सान्त्वना भए । यसैगरि कविता लेखन तथा वाचन (जुनियर) तर्फ स्कलर्स होमकी वार्षिका बन्जाडे प्रथम, नमुना एभरग्रीन स्कुलकी निकोल चापागाईं द्धितिय, सिद्धार्थ ग्यालेक्सीकी शिवानी सापकोटा तृतीय तथा ब्राइट स्टारकी नसिफा खातुन सान्त्वना भईन ।
यसैगरि चित्रकला (जुनियर)तर्फ ब्राइट स्टार बोर्डिङ स्कुलका करन मौर्य प्रथम, ग्लोरी बोर्डिङ स्कुलकी प्राप्ति श्रेष्ठ द्वितीय, नमुना एभरग्रीन स्कुलकी स्मारिका नामजाली तृतीय, तथा देवदह बोर्डिङ स्कुलका साइमन थापा सान्त्वना भए ।
चित्रकला (सिनियर) मा भने सिद्धार्थ ग्यालेक्सीकी मेगा गुरुङ प्रथम, ब्राइट स्टारकी निसा गुप्ता द्वितीय, देवदह इङ्लिस बोर्डिङकी सुदिक्षा श्रेष्ठ तृतीय, ग्लोरी बोर्डिङकी प्राप्ति थापा सान्त्वना भईन ।

एक समारोहका बिच विजेता, उपविजेता विद्यार्थीहरूलाई शिक्षा समन्वय इकाईका प्रमुख माधव बन्जाडेले प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र सिर्जनशीलता विकासमा ठोस प्रभाव पारेको एनप्याब्सन रुपन्देही अध्यक्ष बाबुराम बन्जाडेले बताउदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एनप्याब्सन केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, विलप्रसाद गुरुङ, प्रमिला पछाई, शंकर गौतम, एल.बी. रौतार, अरविन्द हरिजन, कमलेश यादव, कमल पौडेल, रामअवतार यादवले विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्दै कलामा भविष्य खोज्न सकिने धारणा राखे ।

प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ५६ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताको कविता लेखन/वाचनमा कृष्णप्रसाद पाण्डे, रमेश भण्डारी तथा चित्रकलामा उज्जलकुमार कायस्थ, जितेन चौधरी निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?