ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एनप्याब्सन रुपन्देहीद्वारा कविता लेखन, वाचन र चित्रकला प्रतियोगिता सम्पन्न

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल, ६ असार। विद्यार्थीहरुमा रहेको कला प्रस्फुटन गर्ने उदेश्यका साथ नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा कविता लेखन, वाचन तथा चित्रकला प्रतियोगिता गरिएको छ । रचनात्मक क्षमता अभिवृद्धि र गुणात्मक शिक्षामा जोड दिदै आएको संस्थाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको कविता लेखन तथा वाचन (सिनियर) तर्फ देवदह इङ्लिस बोर्डिङ स्कुलकी दिया न्यौपाने प्रथम, सिद्धार्थ बोर्डिङ स्कुलकी स्मृति भट्टराई द्वितीय, ग्लोरी बोर्डिङ स्कुलकी सिद्धी केशरी तृतीय तथा बुटवल ग्लोरीकी गुराँस गहतराज सान्त्वना भए । यसैगरि कविता लेखन तथा वाचन (जुनियर) तर्फ स्कलर्स होमकी वार्षिका बन्जाडे प्रथम, नमुना एभरग्रीन स्कुलकी निकोल चापागाईं द्धितिय, सिद्धार्थ ग्यालेक्सीकी शिवानी सापकोटा तृतीय तथा ब्राइट स्टारकी नसिफा खातुन सान्त्वना भईन ।
यसैगरि चित्रकला (जुनियर)तर्फ ब्राइट स्टार बोर्डिङ स्कुलका करन मौर्य प्रथम, ग्लोरी बोर्डिङ स्कुलकी प्राप्ति श्रेष्ठ द्वितीय, नमुना एभरग्रीन स्कुलकी स्मारिका नामजाली तृतीय, तथा देवदह बोर्डिङ स्कुलका साइमन थापा सान्त्वना भए ।
चित्रकला (सिनियर) मा भने सिद्धार्थ ग्यालेक्सीकी मेगा गुरुङ प्रथम, ब्राइट स्टारकी निसा गुप्ता द्वितीय, देवदह इङ्लिस बोर्डिङकी सुदिक्षा श्रेष्ठ तृतीय, ग्लोरी बोर्डिङकी प्राप्ति थापा सान्त्वना भईन ।

एक समारोहका बिच विजेता, उपविजेता विद्यार्थीहरूलाई शिक्षा समन्वय इकाईका प्रमुख माधव बन्जाडेले प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र सिर्जनशीलता विकासमा ठोस प्रभाव पारेको एनप्याब्सन रुपन्देही अध्यक्ष बाबुराम बन्जाडेले बताउदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एनप्याब्सन केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, विलप्रसाद गुरुङ, प्रमिला पछाई, शंकर गौतम, एल.बी. रौतार, अरविन्द हरिजन, कमलेश यादव, कमल पौडेल, रामअवतार यादवले विद्यार्थीलाई सिर्जनशील बन्न प्रेरित गर्दै कलामा भविष्य खोज्न सकिने धारणा राखे ।

प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ५६ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताको कविता लेखन/वाचनमा कृष्णप्रसाद पाण्डे, रमेश भण्डारी तथा चित्रकलामा उज्जलकुमार कायस्थ, जितेन चौधरी निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?