© २०२३
पाल्पा, ६ असार ।
पाल्पाको रामपुरमा अवैध बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरले सूचना र सुराकीका आधारमा राचा, निशाना नभएका साल जातको काठ बरामद गरिएको हो । बिहीबार गस्तीमा रहेको प्रहरी टोलीले रामपुरको भू जात र चिउरी बजारबाट काठ सहित ढुवानीका लागी प्रयोग भएको सवारी र काठ धनीलाई पक्राउ गरी सब डिभिजन बन कार्यालयमा पठाइएको रामपुर प्रहरीले जनाएको छ ।
यही असार ३ गते रामपुर ८ भुजातबाट २१ थान गोलिया र ३३ दशमलव ९८ क्यूफिट साल जातको काठ बरामद गरेको प्रहरीले मंगलबार पून: लु ४ त ९३७० नम्बरको ट्र्याक्टरमा ६ थान गोलिय र चिरान काठ ३ थान प्रहरीले बरामद गरेको हो । डिभिजन बन कार्यालयका अनुसार रामपुर १० का केशर बहादुर कुमाल र रामपुर ८ का यम बहादुर कामी सहित सवारी र काठ नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको छ ।
गोलिया र चिरान काठ कानुन विपरीत ओसारपसारका क्रममा साल जातको काठ र खयर जातको काठ बरामद हुने यस क्षेत्रका लागी नयाँ र नौलो कुरा नभएको स्थानीयहरू बताउँछन् । डिभिजन बन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङका अनुसार सब डिभिजन रामपुरका प्रमुख मेघनाथ काफ्लेलाई अनुसन्धान अधिकृत तोकिएको र निजले बुझाएको प्रतिवेदनका आधारमा थप कारबाही अगाडी बढाइने बताए ।