ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा 

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

 गुल्मी, ०६ असार ।

गुल्मीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएको घटनाहरूको अर्ध–वार्षिक समीक्षा सम्पन्न गरिएको छ । सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले अर्धवार्षिक रूपमा सङ्कलन गरिएका घटनाहरूको बारेमा जानकारी गराएका थिए । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अर्यालले जिल्लामा बलात्कार र यौन दुर्व्यवहार, कुटपिट तथा झैझगडा, मानसिक यातना, गालीगलौज, खान लगाउन नदिएको, बहुविवाह लगायतका गरी ४३ वटा घरेलु हिंसाका घटना घटेको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इन्सेकले पटक पटक मानव अधिकारका विषय उठाएर सरोकारवालालाई नैतिक दबाब दिइरहेको बताए । उनले बालबालिका संरक्षण, कारागार व्यवस्थापन र बजार लगायतका क्षेत्रमा अनुगमन प्रभावकारी बनाउन नसकिएको भन्दै इन्सेकको खबरदारीले जिल्लामा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले सडक बालबालिका व्यवस्थापन निकै ठुलो समस्या चुनौतीको विषय बनिरहेको बताए । नेपाल बार एसोसिएसन गुल्मीका अध्यक्ष गोपाल खनालले प्रहरीमा आउने पीडित, गरिब तथा विपन्न नागरिकले निःशुल्क रूपमा पाउनुपर्ने कानुनी सहायता नपाएको प्रति प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

समीक्षा कार्यक्रममा नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेले वर्तमान अवस्थामा मानव अधिकारका घटनाहरू सुनाउने ठाउँ हराउँदै गएको बताए । उनले जिल्लास्थित राजनैतिक दलहरूमा सामाजिक चासो हराउँदै गएको बताएका थिए । उनले प्रचारमुखी दलहरू र मानव अधिकारको कार्य योजना विहीन स्थानीय तहका कारण आम नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताए । पाण्डेले सदरमुकामका विद्यालय र अस्पतालमा भएको बेथितिको बारेमा सरोकारवाला पक्षहरूले खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?