Butwal Today

सरकार विधेयक पारितप्रति गम्भीर छैन : माओवादी

५ असार २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा प्रस्तुत महत्त्वपूर्ण विधेयकहरू समयमै पारित गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर मन्तव्य राख्दै उनले सरकारको बोली र व्यवहारबीच असंगति रहेको उल्लेख गरे। संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयकहरूलाई प्रमुख प्रतिपक्षी दलले निरन्तर दबाब दिँदै आएको भए पनि सरकारकै अनिच्छाले ती विधेयक अझै अल्झिएको उनको भनाइ छ।

विशेषतः संघीय निजामती विधेयकको सन्दर्भ उठाउँदै उनले लामो बहस र छलफलपछि संसदमा आएको विधेयकलाई चाँडै पारित गरेर संघीय र प्रदेश सरकारहरूबीचको संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?