© २०२३
रौतहट ,५ असार।
रौतहट स्थित मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा
राजपुर नगरपालिका-३ डमार पोखराया गाउँका शेख सफुलाको श्रीमती वर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताएका छन्।
घटना विवरण अनुसार बुधवार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको थियो।करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक खातुनको गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।