© २०२३
काठमाडौँ ।
अमेरिकामा जारी फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘जी’ को खेलमा इटालियन क्लब युभेन्ट्सले यूएईको क्लब अल ऐनमाथि सानदार जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा युभेन्ट्सले अल ऐनलाई ५–० को भारी अन्तरले हराउँदै प्रतियोगितामा आफ्नो दबदबा देखाएको हो।
यो जितसँगै युभेन्ट्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। यस्तै, सोही समूहमा रहेको इङ्लिस क्लब म्यानचेस्टर सिटीले गएराति क्लब वायडाडलाई २–० ले पराजित गरेको थियो, जसले समूहको प्रतिस्पर्धा अझ रोचक बनाएको छ।
फिफा क्लब विश्वकपको प्रारम्भिक चरणमै युभेन्ट्सको उत्कृष्ट प्रदर्शनले प्रतियोगिताको उपाधि दावेदारी अझ बलियो बनाएको छ।