Butwal Today

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले घोषणा गर्‍यो अन्तिम १४ खेलाडी

५ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा भोलिदेखि सुरु हुने एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। प्रतियोगिता जुन २० देखि जुलाई ६ सम्म चल्नेछ।

नेपालको टोली विपिन प्रसाद शर्माको कप्तानीमा मैदान उत्रनेछ। उनीसँगै उपकप्तानको भूमिकामा सूर्यान्शु कोइराला रहनेछन्। विकेटकिपरको जिम्मेवारी शिवांश बजगाईं र परिमर्जन यादवले सम्हाल्नेछन्।

घोषित टोलीमा रहेका अन्य खेलाडीहरूमा रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, शुभम् खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही छन्।

नेपाल युवा टोलीले यस प्रतियोगितामा क्षेत्रीय स्तरमा प्रतिस्पर्धा गर्दै आगामी उचाइका लागि तयारी गर्नेछ। टिमको प्रदर्शनलाई लिएर क्यान आशावादी देखिएको छ।