ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

इजरायल इरान युद्धको असर, ‘विपिन जोशीको नियति भोग्नु नपरोस्’

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

इजरायल र इरान युद्धले विश्व अशान्त भएको छ । दुई देशको युद्धको असरले विश्व प्रभावित हुने अवस्था उत्पन्न भएको छ । दुई देशबिचको युद्धले नेपालमा पनि ठुलो असर पर्ने निश्चित छ । पहिलो असर कच्चा तेलमा मूल्य वृद्धि हुँदा नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । इजरायलले अहिलेसम्मकै ठुलो आक्रमण गरेको समाचार विश्वभरि फैलिरहँदा इरानले पनि इजरायलतर्फ आक्रमण गरेको समाचार आइरहेका छन् ।

इजरायलमा ठुलो सङ्ख्यामा नेपाली श्रमिकका रूपमा कार्यरत छन् । इजरायलमा रहेका नेपालीको सुरक्षाको चिन्ता भइरहेको छ । यतिखेर उनीहरू बङ्करमा बसेर त्रसित मानसिकतामा बस्नु परिरहेको छ । इजरायल हमास युद्धमा वन्दी वनेका विपिन जोशीको अवस्था अज्ञात रहँदा अरू नेपालीको चिन्ता थपिएको छ । दुई देशको युद्धको असर नेपालीहरूमाथि नपरोस् भन्नेतर्फ नेपाल सरकार गम्भीर बन्नु जरुरी छ । युद्ध अझै बढ्ने र त्यसका कारण इजरायलको भविष्यलाई लिएर चिन्ता उत्पन्न भइरहेको बेला त्यहाँ नेपालीहरूलाई सकभर स्वदेश फर्काउने विषयमा सरकारले कूटनीतिक पहल अघि बढाओस् ।

दुई देशबिच घमासान युद्ध चल्दा भारतले इजरायल र इरानमा रहेका आफ्ना विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । भारतले दुई देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन पहल सुरु गरिसकेको छ । नेपालले पनि आफ्ना नागरिकलाई समयमै स्वदेश फर्काउने पहल गरोस् । युद्धको असर र प्रभाव कहिलेसम्म पर्छ भन्ने यकिन छैन । तसर्थ नेपाली नागरिक कोही कसैले पनि अव विपिन जोशीको नियति भोग्नु नपरोस् भन्ने तर्फ सतर्कता आवश्यक छ ।

नेपालीहरू अहिलेसम्म त्यहाँ सुरक्षित रहेको अवस्था छ । नेपालीहरू सुरक्षित रूपमा घर फर्किन चाहन्छन् भने उनीहरूको व्यवस्थापन त्यहाँ रहेको नेपाली दूतावासले छिटोभन्दा छिटो गरोस् । युद्धको प्रभाव र असर कसरी पर्छ र त्यसको निसानामा को हुन्छ भन्ने कुरा विगतको घटना नेपालका लागि पाठ हो । तर, यो विषयमा अहिलेसम्म न नेपाल सरकार न त त्यहाँ रहेको दूतावासले खासै चासो र चिन्ता व्यक्त गरेको देखिएको छैन । नेपालको ढिलासुस्ती यो पटक नदोहोरियोस् । इजरायल–इरान युद्ध छिट्टै समाधानतर्फ उन्मुख हुने अवस्था देखिँदैन ।

इजरायलको आक्रमणबाट इरानका सैन्य प्रमुखको मृत्यु भइसकेको अवस्थामा जवाफी कारबाहीमा ऊ अगाडि बढिरहेको छ । त्यसको थप मार नेपालीले भोग्ने पनि निश्चित छ । इजरायलमा कति नेपाली काम गरिरहेका छन्, कति पढ्दै छन्, त्यसको जानकारी नेपाल सरकारले तत्काल अद्यावधिक गरोस् । इजरायली भूमिमा बेपत्ता भएका विपिनको उद्धार गर्न नसकेको अवस्थामा आज फेरि त्यही विपत्ति अरू नेपालीले बेहोर्नु नपरोस् । यो विषयमा नेपाल सरकारको तत्काल ध्यान जाओस् । सरकारले युद्धको रणमैदानबाट आफ्ना नागरिक बेलैमा फिर्ता ल्याऊ । होइन भने भोली नेपालीले क्षति व्यहोर्नु परेको अवस्थामा त्यसको जिम्मा कसले लिने ? सोचनीय विषय छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तेहरान खाली गर्न इरानी नागरिकहरूलाई आग्रह गरेका छन् । क्यानडामा भइरहेको जी–सेभेन सम्मेलनमा विश्वका शीर्ष नेताहरूले क्षेत्रीय शत्रुहरूबिचको अहिलेसम्मकै सबैभन्दा गम्भीर द्वन्द्वलाई कम गर्न आह्वान गरेका छन् । उता इजरायलका विभिन्न सहरमा आपत्काल घोषणा गरिएको छ । नेपालीहरूले कष्टपूर्ण जीवन बिताउनु परेको छ । युद्धले भीषण रूप लिने निश्चित भएको छ ।

इजरायली सेनाले इरानका सयभन्दा बढी सैन्य ठेगानामा लक्षित आक्रमण गरेको दाबी गरेको छ । मङ्गलवार इजरायलले मुख्यतया मिसाइल लन्चरहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो । इरानी मिसाइलहरूले भने बिहान इजरायलका कम्तीमा तीन आवासीय क्षेत्रहरूमा प्रहार गरेको थियो । सो आक्रमणका कारण दुवै देशतर्फ गरी सयौँ नागरिकको ज्यान गइसकेको छ । त्यस कारण नेपालले आफ्ना नागरिकलाई सुरक्षित गर्नेतर्फ ढिलाइ नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?