ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’ का रूपमा विकास गरिँदै

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

भोजपुर, ५ असार ।

सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एक मात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो । प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गरे ।

यो पदमार्गमा समथर ठुला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । ‘यो पूर्वको एक सुन्दर पदमार्ग हो’, अध्यक्ष बस्नेतले भने, ‘यो क्षेत्र शान्त र रमणीय पनि छ । यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गर्न गरिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।’

पदमार्गलाई ट्रेकिङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडक मार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए । यहाँको प्राकृतिक स्वरूपलाई यथावत् राख्न पालिका सजक रहेको भन्दै उनले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताए ।

पूर्वको एक मात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए । छोटो समयमा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले जानकारी दिइन् ।

उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताइन् ।

‘यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो’, उपाध्यक्ष राईले भनिन्, ‘हामी यो क्षेत्रको बृहत् विकासमा जुटेका छौँ । पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।’ पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए ।

यहाँको हावापानी हिमालमा जतो ठन्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीयले पालेका चौंरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?