ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्दामा

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

काठमाण्डौ, ५ असार। हिन्दू बनेर काठमाडौंकी एक नाबालिकालाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदै गरेका एकजना मुस्लिम युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ।

केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा  रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो।

शेख आलम हिन्दू बनेर स्टार मेकर एपमा साथी बनाएर उक्त नावालिकासंग बिहे गर्ने राम्रो जागिर लगाइदिने प्रलोभन देखाई दिल्ली लगिरहेको क्रममा पक्राउ गरिएको बताईएको छ।

नेपालको प्रमुख आर्थिक नगरी वीरगञ्जसँग जोडिएको  भारतीय शहर रक्सौल सीमानामा भारतिय सीमा सुरक्षा बल (एसएसबी) जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा उक्त १३ वर्षीया नेपाली किशोरी सहित मानव तस्कर आलमलाई पक्राउ गरेको छ।

दिल्लीमा जागिर र बिहेको झुटो प्रलोभन देखाउने युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ। रक्सौल कस्टम नजिकै पहाडे मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो।

स्टार मेकर एपमार्फत आलमसँग मित्रता भएपछि प्रेम सम्बन्धमा परिणत भएको नाबालिकाले खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाडौँमा भेटेका थिए । भारतीय मानव तस्करी रोधी इकाईले  किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कार्वाहीको लागी रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।

हरैया थानामा रिजवान माथी एफ आई आर दर्ता भई अनुसन्धान जारीरहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले न्युज कारखाना लाई बताएका छन्। उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मी र बिभिन्न गैरसरकारी संस्थाका पदाधिकारी बिशेष रुपमा चनाखो हुन सुझाव दिएका छन्।

पछिल्लो समय नेपाली बालिकालाई बिभिन्न प्रलोभन देखाएर भारतको बिभिन्न प्रान्तमा लैजाने घटना बढेको छ। केहीदिन अघि मात्र बारा सिम्रौनगढकी एक बालिकालाई ललाई फकाई भारत तर्फ लैजाने क्रममा सीमावर्ती जमुनिया क्याम्पका एसएसबिको गस्ती टोलीले दुवै जनालाई पक्राउ गरी रौतहटस्थित प्रहरी चौकी बंकुलको जिम्मा लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?