ट्रेंडिंग:

>> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी

दाङमा प्लास्टिक प्रदुषण न्यूनीकरण गर्ने प्रतिबद्धता

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

दाङ, ५ असार । घोराही उपमहानगरपालिका र स्थानिय संघसंस्थाहरुको अगुवाईमा प्लाष्टिक बिस्थापित गर्ने अभियान थालिएको छ । अभियानलाई साथ दिने गरि मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको ३४ औं स्थापना दिवसका अबसरमा गृहणीहरुलाई तरकारी झोला बितरण गररेको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले वातावरण प्रदुषणका कारण क्यान्सर, मृगौला र मुटुका बिरामी बढेको भन्दै यसको न्युनिकरणको अभियानमा सबैको साथ जरुरी रहेने बताए । जटिल रोगको उपचारमा सरकारले सुबिधा दिने भएकाले वडा कार्यालयबाट सिफारिस लिन आउनेहरू दिनदिनै भिड हुने गरेको उनले बताए । वातावरणलाई हामीले समयमा सचेत भएनौ भने भोलीका सन्ततिलाई बचाउन कठिन हुने भन्दै सामुहिक समस्यालाई सबैले हातेमालो गरेर सोचलाई परिवर्तन गर्नुपर्ने आग्रह गरे ।

घोराही उपमहानगरपालिका वातावरण तथा बिपत ब्यवस्थापन प्रमुख मदनकुमार वलीले प्लास्टिकजन्य बस्तुमा रोक लगाउने निर्णय गरेको बताए । वातावरण संरक्षणका लागि घोराही उपमहानगरपालिकाले काम गरिरहेको उल्लेख गरे । सबै संघ सस्थाको सहयोगमा काम गर्न सकिने बताए । ‘घुलो र धुवाँले नियन्त्रण गर्नुपर्ने छ ।’–उनले भने । पालिकाको एक घर एक रुखको अभियान अनुरुप सबै नागरिकहरु कार्यान्वनमा जोड दिन उनले आग्रह गरे ।

सस्थाका उपाध्यक्ष कुमारराज श्रेष्ठले मानव हितको काम हुदा पनि यसमा सबैको साथ सहयोग निरन्तर जरुरी रहेको बताए । पदूषण रोक्नका लागी वातावरण संरक्षण महत्वपूर्ण हुने उनको तर्क छ । ‘परिवर्तन आफैंबाट सुरु गरौ पलास्टिक प्रयोगलाई कम गरौं ।’–उनले भने ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यकारी निर्देशन प्रदीप मजगैयाले १५ जिल्लामा कार्यक्रम गरेको बताए । देउखुरीका बिकटमा काम गरेको र राजपुर गाउँपालिकामा कार्यक्रम चलिरहेको बताए । सस्थाले बिपत्तमा परेका नागरिकलाई सहयोग गर्ने काम गरेको बताए । प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गर्ने अभियान संचालन गरेको बताए ।
संस्थाका निबर्तमान अध्यक्ष भरतराज देवकोटाले प्लास्टिकको झोलाको साटो कपडाको झोला प्रयोग गर्नका लागी जनपरिचालन गर्नुपर्ने, टोलबिकासका पदाधिकारीसंग समन्वय गरेर काम थाल्नुपर्ने बताए ।

नेपाल परिवार नियोजन संघका प्रबन्धक बसन्त खनाल, निर्वतमान अध्यक्ष निर्मला गौतम, भोला अधिकारी, पत्रकार केपी घिमिरे, पूर्व अध्यक्ष एंव निबर्तमान सल्लाहकार किरण रेग्मीले प्लास्टिक प्रदुषण न्यूनीकरण गर्ने अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?