Butwal Today

अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूका लागि भिसा दिने प्रक्रिया पुनः सुरु गर्ने

५ असार २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूका लागि भिसा दिने प्रक्रिया पुनः सुरु गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश विभागले बुधबार विज्ञप्ति जारी गर्दै भिसा आवेदन प्रक्रिया छिट्टै प्रारम्भ गरिने जानकारी दिएको हो।

तर यसपटकको प्रक्रिया पहिलेभन्दा केही कडा हुनेछ। विद्यार्थी आवेदकहरूको सामाजिक सञ्जाल गतिविधि समेत जाँच गरिनेछ, जसले धेरैको चासो बढाएको छ। विभागका अनुसार, अमेरिकी सरकार, संस्कृति, संस्था वा मूल सिद्धान्तहरू विरुद्ध आपत्तिजनक ठहरिने सामग्रीहरूमा आवेदकको संलग्नता देखिएमा भिसा अस्वीकृत हुन सक्छ।

सार्वजनिक सामाजिक सञ्जाल खाता उपलब्ध गराउनु अनिवार्य हुने बताइएको छ। यदि कसैले आफ्नो अकाउन्ट गोप्य राख्ने वा नदिने निर्णय गर्छ भने, सो आवेदकको भिसा आवेदन रद्द हुने सम्भावना उच्च हुने विदेश विभागले जनाएको छ।

यसअघि, ट्रम्प प्रशासनले सामाजिक सञ्जाल परीक्षणका लागि तयारी गर्दै भिसा अन्तर्वार्ता अस्थायी रूपमा रोकेको थियो। अब उक्त निर्णय फिर्ता लिँदै प्रक्रिया पुनः सुरु गर्न लागिएको हो।

नयाँ नीति लागू भएपछि विदेशी विद्यार्थीहरूले भिसा आवेदन दिँदा आफ्नो डिजिटल इतिहास र व्यवहारप्रति विशेष सतर्कता अपनाउनु पर्नेछ। यसले अमेरिकी शैक्षिक संस्था जाँदै गरेका विद्यार्थीहरूका लागि अतिरिक्त जिम्मेवारी थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?