ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सैनामैनामा सातौं व्यापार महोत्सवको तयारी

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

सैनामैना, ४ असार ।

सैनामैना व्यापार संघ, रुपन्देहीले आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म आयोजना गर्न लागिएको सातौं राष्ट्रिय सैनामैना व्यापार महोत्सव–२०८२ को सन्दर्भमा तयारी तीव्र बनाएको छ ।
महोत्सवको सफल आयोजना लक्ष्यसहित संघले २४ वटा उपसमितिहरु गठन गरि जिम्मेवारी तोकेको छ । संघले दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरि महोत्सवका उपसमितिहरु र जिम्मेवारी बाँडफाँड गरि तयारी सुरु गरिएको संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यशाला गोष्ठि असार ३ र ४ गते रमणीय स्थल पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–४, भैरवस्थानस्थित समृद्धि रिसोर्टमा आयोजना भएको थियो । कार्यशालामा संघका संरक्षक, सल्लाहकार, जनप्रतिनिधि, लेखा समिति, पदाधिकारी, सचिवालय सदस्य, पत्रकार, उद्यमी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

महोत्सवको नाम ‘सैनामैना व्यापार महोत्सव २०८२’

यसअघि ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव’ को नामबाट परिचित महोत्सव यस वर्षदेखि ‘सैनामैना व्यापार महोत्सव २०८२’ को नयाँ नामबाट आयोजना गरिने संघले जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र प्रसाद शर्मा उपाध्यायले नेतृत्व गरिरहेको यो महोत्सव, स्थानीय व्यवसाय प्रवद्र्धनसँगै लुम्बिनी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र आर्थिक सम्भावनालाई उजागर गर्न केन्द्रित रहने दाबी गरिएको छ । खासगरी स्थानीय उत्पादन र तिनको प्रबद्र्धनलाई यसले प्राथमिकतामा राखेको छ ।

इतिहास र महत्व

भगवान बुद्धको पावन जन्मभूमि लुम्बिनीको काखमा अवस्थित सैनामैना नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय र व्यावसायिक दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । यहा अवस्थित बोलबम धाम, कालमोचन मन्दिर, थारु होमस्टे, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन मार्ग जस्ता परियोजनाहरूले यस क्षेत्रलाई ‘आर्थिक केन्द्र’को रुपमा विकास गर्न सघाएका छन् । विसं.२०५७ सालमा पर्रोहा शाखाको रुपमा प्रारम्भ भएको सैनामैना व्यापार संघ २०७१ सालमा विधिवत दर्ता भई आजसम्म विविध चुनौतिका बाबजुद सक्रिय रुपमा अगाडि बढिरहेको छ । आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति अनुसार यसपालिको आयोजनाको जिम्मेवारी व्यापार संघले लिएको हो ।

महोत्सवको व्यवस्थापन ः २४ उपसमिति गठन

कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन सुरेन्द्र पौडेल संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ । संघले विभिन्न विषयगत २४ वटा उपसमिति गठन गरी जिम्मेवारी तोकेको छ । जसमा मूल समारोह समिति, स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, गेट–टिकट, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षादेखि लिएर प्राथमिक उपचार, सरसफाइ, पर्यटन प्रवद्र्धन, कृषि प्रविधि, महिला उद्यमशीलता, शैक्षिक संस्था समन्वय सम्मका उपसमिति र तिनका संयोजक एवम् सहसंयोजक र सदस्यहरु समेत तोकिएका छन् । आवश्यकता आधारमा उपसमितिहरु समेत विस्तार गर्न सकिनेगरि योजना बनाइएको संघका महासचिव भिमलाल सुवेदीले जानकारी दिए ।

साझा जिम्मेवारी र प्रेरणा

कार्यशाला गोष्ठिमा नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा संघका संरक्षक चित्रबहादुर कार्की र संघका संरक्षकहरु मिनप्रसाद पौडेल, खुशीराम चौधरी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेललगायतको उपस्थिति रहेको थियो ।

संघका पूर्वअध्यक्षहरु जीवनाथ पाण्डे, दुर्गा गौतम, सल्लाहकारहरु रणबहादुर खनाल, चेतनारायण न्यौपाने, कृष्ण प्रसाद पौडेल, टोपलाल भट्टराई, पिताम्बर न्यौपानेलगायतले बोल्दै महोत्सव सफलताका लागि शुभेच्छा र सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष पौडेलले सबै सरोकारवाला, राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, समाजसेवी, उद्यमी, व्यापारी र नागरिकहरुलाई महोत्सवलाई ‘आफ्नै पर्व’को रुपमा लिएर सहभागी हुन आग्रह गर्नुभएको छ । ‘हामी विगतबाट सिक्दै, केही फरक गर्दै, व्यावसायिक एकता र सामाजिक हितलाई जोड दिँदै यो महोत्सवलाई सफल बनाउनेछौं’ अध्यक्ष पौडेलको भनाइ थियो । कार्यशालाबाट महोत्सवप्रति थप उर्जा मिल्ने कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष दिपेन्द्र ढकालले विश्वास व्यक्त गरे । संघले ढकाललाई कार्यशाला गोष्ठिको संयोजकत्वको जिम्मेवारी प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?