© २०२३
काठमाडौं।
नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। लगातारको उतारचढावबीच आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँमा पुगेको छ, जुन हिजोको तुलनामा ठुलो वृद्धि हो।
हिजो मात्र तोलाको १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज अचानक ९०० रुपैयाँले उकालो लाग्दा बजारमा नयाँ मूल्य कायम भएको छ। सुनको मूल्यमा देखिएको यो वृद्धिले उपभोक्तामात्र होइन, व्यवसायीहरूलाई समेत चनाखो बनाएको देखिन्छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्यरूपमा बढेको छ। महासङ्घका अनुसार, चाँदी तोलामा ६५ रुपैयाँले बढेर अहिले २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोही चाँदी २ हजार १ सय ६० रुपैयाँमा किनबेच हुँदै आएको थियो।