© २०२३
काठमाडौँ, ४ असार ।
बैङ्किङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका(७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौँबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्यामकुमारलाई काठमाडौँ महानगरपालिका–१४ खसी बजारबाट पक्राउ गरेको हो ।
साथै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौँबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौँ महानगरपालिका –१६ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र अस्मितालाई प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ