© २०२३
रुपन्देही, ३ असार ।
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि मंगलबार पक्राउ परेका छन् । फरार प्रतिवादी रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका–७ बस्ने गंगाराम यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
रुपन्देही जिल्ला अदालतले २०५५ साल चैत २ गते यादवविरुद्ध सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले
बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ ।