ट्रेंडिंग:

>> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण

पूर्वपश्चिम राजमार्गमा सास्ती, बर्दघाट दुम्किबास खण्ड पूर्ण अवरुद्ध

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

बर्दघाट, ४ असार ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास सडक खण्ड पूर्ण अवरुद्ध बनेको छ । गएरातीको वर्षाले दुम्किबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि विहान करिव ५ बजेबाट सडक अवरुद्ध बनेको हो ।

पूर्व पश्चिम राजमार्गमा पर्ने विनयी खोलामा पर्ने पूल केहि महिना पहिले भाँचिए पछि डाइभर्सन बनाइ सडक सन्चालन गरिँदै आएको छ । सामान्य वर्षामै उर्लिएर आउने विनयी खोलाले यसअघि पनि पटक पटक डाइभर्सन बगाउँदा यातायात सँचालन अवरुद्ध हुँदै आएको थियो ।

पूर्व पश्चिम राजमार्ग स्तरोन्नतीको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ्ग कर्पोरेशनले विनयी खोलामा नयाँ पूल बनाउन ढिला गर्दा यो सडक भइ आवत जावत गर्ने सवारी सास्ती खेप्न बाध्य भएका हुन ।

केहि दिन पहिले पूलको ढलाइको काम सम्पन्न भएपनि पूल सँचालनमा आउन अझै केहि दिन लाग्ने निर्माण कम्पनीले जनाएको छ । वर्षातको मौसम सुरु भइसक्दा समेत पूल सँचालनमा नआएपछि डाइभर्सनबाटै यातायात सँचालन गर्नुपर्ने बाध्यता रहेको छ ।

विहान करिव ५ बजेबाट सडक अवरुद्ध भएपछि पश्चिमबाट पूर्वतर्फ जाने सवारीहरु बर्दघाट क्षेत्रमा रोकिएका छन । बर्दघाट क्षेत्रमा करिव ५ सय बढि सवारी रोकिएको बर्दघाट ट्राफिक कार्यालयले जनाएको छ यस्तै दुम्किबास क्षेत्रमा करिव १ हजार २ सय सवारी रोकिएको दुम्किबास ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ ट्राफिक नायव निरिक्षक विनोद जोशीले जानकारी दिए ।

बुधबार विहान करिव १० बजेसम्म पनि विनयी खोलामा पानीको वहाव नघटेका कारण डाइभर्सन निर्माण गर्न कठिनाइ भइरहेको जोशिले बताए । पानीको वहाव नघटेसम्म डाइभर्सन निर्माण गर्न नसकिने र वहाव घटे पनि कम्तिमा ४ घण्टा जाम खुल्ने सम्भावना नरहेको उनले जानकारी दिए ।

यात्रुवाहक सवारी र साना सवारीलाई भने होङ्गसी सिमेन्ट गेटको बाटो हुँदै सँचालनमा ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?