ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न सहकार्यमा जोड

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

बुटवल । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दिनहुँ भइरहने सडक दुर्घटनाका कारण हुने अकाल मृत्यु रोक्न सहकार्य आवश्यक रहेको बताएका छन्। युवाहरूका लागि सुरक्षित सडक प्रयोग सम्बन्धी अन्तरक्रियामा बोल्दै पाण्डेले सडक दुर्घटनाका कारण कसैको पनि अकालमा ज्यान जान नदिनका लागि सचेतना जरुरी रहेको बताए।

सडकमा लापरबाही बढेको छ युवा पुस्ताले सडकमै ज्यान गुमाएको छ त्यसलाई रोक्न सबैले चासो लिन जरुरी छ पाण्डेले भने। पाण्डेले बुटवलका सडकहरू पैदल यात्री र साइकल यात्रीका लागि सहज हुने गरी निर्माण गर्ने कुरामा बुटवल उपमहानगर गम्भीर रहेको बताउँदै त्यसका लागि अहिले बनिरहेका सडकहरूको डिजाइन गर्दा नै त्यस तर्फ ध्यान दिएको बताए।

उनले बुटवलले दुई वटा ठुला राजमार्गका कारण आफ्ना मात्रै होइन देशभरिका आव जात गर्ने सवारी साधनहरूको समेत जबाफदेही बन्नु परेको बताए। हामी सहरी सडक मात्रै होइन अन्यत्रबाट आउने सवारी साधनले बनाउने अस्तव्यस्त सहर समेत व्यवस्थापन गर्ने जिम्मेवारीमा छौँ त्यसका लागि चालक र ब्यवसायीहरुको समेत सचेतना जरुरी छ पाण्डेले भने।

बुटवल उपमहानगर यातायात ब्यवसायीहरुको सहर भएको उल्लेख गर्दै बुटवलको यातायात व्यवस्थापनमा व्यवसायीहरूले समेत सघाउनु पर्ने बताए। बुटवल उपमहानगरपालिका र सुरक्षित यात्रा अभियान नेपालले आयोजना रोटरी क्लब अफ क्यापिटल बुटवल, रोटरी क्लब अफ तिनाउ बुटवल, नेपाल ईन्जिनियर्स एसोसिएसन, तथा ईन्सुरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको कार्यक्रममा नासा फाउन्डेसनका महासचिव एवं रोडसेफ्टी अडिटर गोबिन्द भटराईले सडकमा हुने अकाल मृत्युलाई कम गर्न सबै सचेत हुन जरुरी रहेको बताए। उनले आफ्नै लापरबाहीका कारण युवाहरूको ज्यान गई रहेको बताउँदै सडकमा ज्यान ज्यान क्रमलाई नरोक्ने हो भने नेपालले विकराल समस्याको सामना गर्नु पर्ने अवस्था रहेको बताए।

सडक सुरक्षा अभियन्ता एवं अवकाश प्राप्त डिएसपी विपिन गौतमले सडक सवारी साधनको भएको बताउँदै पछिल्लो समय सडकले दुर्घटना स्थलको परिचय बनाएको बताए। उनले सडकमा हुने मृत्यु रोक्ने उपाए भनेका सावधानी मात्रै भएको बताए।

रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष विजय खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख मित्रबन्धु शर्माले ट्राफिक प्रहरीको एक्लो प्रयासले यातायात व्यवस्थापन सम्भव नहुने बताउँदै ट्राफिक व्यवस्थापनमा समुदायबाट अपेक्षा राखेको बताए। कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, ईन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष इन्जिनियर महेश्वर लम्साल, ईन्सुरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर अध्यक्ष बिश्वदिपक नेपाल लगायतले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?