Butwal Today

त्रिदेशीय टी–२० शृङ्खलामा आज स्कटल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

४ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स बीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा सुरु हुनेछ ।

यस शृङ्खलामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स तीनै टोली सहभागि छन् । शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

सोमबार नेपालले नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो भने हिजो नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ ।

यस जितसँगै नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड सबैको २–२ अंक छ । नेपालले आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ भने चौथो र अन्तिम खेल पर्सि स्कटल्यान्डसँग हुनेछ ।तीन टोलीहरूले डबल राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गरिरहेका छन् र सबैभन्दा बढी अंक हासिल गर्ने टोली शृङ्खलाको विजेता बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?