ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

ज्येष्ठ नागरिकमाथिको दुर्व्यवहार रोक  

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

पछिल्लो रिपोर्टका अनुसार ज्येष्ठ नागरिकहरू आफ्नै घरबाट प्रताडित हुनुपरेको, दुर्व्यवहारका अनेकौँ पीडा भोग्नुपरेको र यातना समेत दिने गरेको घटना बढ्दै गएको कुरा सार्वजनिक भएको छ । छोराछोरी विदेश बस्ने र ज्येष्ठ नागरिकहरूलाई वृद्धाश्रममा राख्ने जुन परि पार्टी सुरु भएको छ, यसको समेत विरोध सुरु भएको छ । आमा बुबालाई वृद्धाश्रममा होइन, आफ्नै घरमा राख्नुपर्ने मत समेत बलियो बन्दै आएको छ । डाँडामाथिको जुन भैसकेका बृद्धबृद्धामाथि दुर्व्यवहार बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्न थालिएको छ ।

ज्येष्ठ नागरिकहरू सबैभन्दा पहिले आफ्नै घरबाट अपहेलित, पीडित, शोषित हुनुपरेको छ । समाजमा पनि ज्येष्ठ नागरिकलाई दुर्व्यवहार हुने गरेको छ । उनीहरूमाथि समान पहुँचको हक सरकारले उपलब्ध गराउनै सकेको छैन । जसका कारण सवैतिर ज्येष्ठ नागरिक मारमा पर्दै आएका छन् । उनीहरू पीडित हुनुपरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता प्रकट गरेको छ । निश्चित रूपमा आयोगले भनेजस्तै ज्येष्ठ नागरिकहरू अनेक प्रकारका यातना, दुर्व्यवहार, हिंसा र अपहेलनाको सिकार भइरहेका छन् । ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै जानु दुःखद रहेको बताई रहँदा उनीहरूको संरक्षणको खाँचो छ ।

ज्येष्ठ नागरिक देशका अमूल्य निधि हुन । देशका गहना हुन् तर तिनै ज्येष्ठ नागरिकमाथि जुन प्रकारको विभेद, दुर्व्यवहारका घटना बढ्दै गएका छन्, यसले चिन्ता उत्पन्न गरेको छ । ज्येष्ठ नागरिकहरू आफ्नै घर परिवारबाट अपहेलित भइरहँदा उनीहरूमाथि न्यायमा पहुँच नपुगेको अवस्था देखिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा ज्येष्ठ नागरिकमाथि हुने गरेको ज्यादतीका घटना रोक्न आयोगले चिन्ता मात्रै प्रकट गरिरहने, सरकारले त्यसप्रतिको चासो गम्भीर रूपमा नलिने हो भने ज्येष्ठ नागरिक झनै शोषित र पीडित बन्नुपर्ने छ । ज्येष्ठ नागरिकमाथि हुने विभिन्न प्रकारका विभेद रोक्न कानुनको आवश्यकता छ तर सरकार धेरै वर्षदेखि बनाउने भनेको यो कानुनबाट पर भाग्न खोज्दै छ ।

ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । बिरामी हुँदा औषधी उपचारको व्यवस्था मात्रै होइन, दुई छाक भातका लागि समेत तड्पिनुपर्ने अवस्था छ । ज्येष्ठ नागरिकलाई राख्ने वृद्धाश्रम होइन, खाली समयमा बस्ने, मनोरञ्जन गर्ने अनि भलाकुसारी गर्ने ज्येष्ठ नागरिक ग्रामको आवश्यकता छ । सरकारले अव हरेक पालिकामा ज्येष्ठ नागरिक ग्राम बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

ज्येष्ठ नागरिकसँग कला, सीप र ज्ञानको भण्डार छ । ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्त पुस्ता हस्तान्तरण गर्नु जरुरी छ । अघिल्लो पुस्ताका सीपलाई अहिलेको पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको अधिकारको संरक्षणका लागि व्यवस्था भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्दछ । विडम्बना सरकारले समेत ज्येष्ठ नागरिकप्रति सम्मान होइन, दुर्व्यवहार गर्दै आएको छ । सरकार ज्येष्ठ नागरिकको वेदना सुन्दैन भन्ने कुरा धेरै घटनाक्रमले पुष्टि गरेका छन् ।

तसर्थ सरकारले अबको दिनमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार होइन, संरक्षण गर्ने नीति ल्याओस् । सरकारले समेत ज्येष्ठ नागरिकलाई सम्मान नदिएको अवस्थामा उनी माथि परिवार र समाजले गर्ने दुर्व्यवहार झनै बढ्ने निश्चित छ । अतः २० औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको सन्दर्भमा सरकारले आफ्नो दृष्टि पु¥याओस् । सरकारले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको दिवस मनाउने मात्र होइन, दिवसको सन्देश कार्यान्वयन गर्ने र मातहतका निकायलाई पालना गर्न लगाउने विषयमा समेत ध्यान देओस् । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई आजको पुस्ताले ग्रहण गर्नुपर्ने आवश्यकता छ । अबको दिनमा उनीहरूमाथिको दुर्व्यवहार रोकियोस् । यो विषयमा सरकार मात्रै होइन, परिवार, समाज र राज्यका तिनै तहको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?