Butwal Today

असार १६ देखि २१ सम्म ओलीको स्पेन भ्रमण

४ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक स्पेनको औपचारिक भ्रमणमा जान लागेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेदेखि २१ गतेसम्म हुने सो भ्रमणलाई स्वीकृति दिएको हो।

प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि सोही बैठकमा गरिएको छ। यो प्रधानमन्त्री ओलीको स्पेनप्रति पहिलो औपचारिक भ्रमण हुनेछ, जसलाई द्विपक्षीय सम्बन्ध सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ। भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता र सहकार्यका सम्भावित एजेन्डाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?