© २०२३
काठमाडौं, ४ असार । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विधालय विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार सो बिधेयक प्रमाणीकरण गरेका हुन् ।
‘सुदुरपश्चिमका लागि यो ठूलो ऊपलब्धीको बिषय हो । अब सुदुरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्वविधालय स्थापना हुने भयो ।’ – गृहमन्त्री रमेश लेखकले भने ।
यो विश्वविद्यालय स्थापनाका लागि बिभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकर भएको भन्दै यसका लागि सम्पूर्णमा विशेष आभार ब्यक्त समेत उनले गरे ।