© २०२३
भैरहवा ४ असार । भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कमा डुबेर एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराजगञ्ज जिल्ला नौतनवा नगरपालिका वडा नम्बर १३ निवासी १७ वर्षिय साहित अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
अन्सारीको दिउसो साढे १२ बजे उपचारको क्रममा भैरहवा स्थित भिम अस्पतालमा मृत्यु भएको हो । यस विषयमा मृतकको परिवारलाई भैरहवा बोलाई थप अनुसन्धान भईरहेको कार्कीले बताए ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ बेलहिया नजिकै रहेको लुम्बिनी एम्युजमेन्ट पार्क भारतीयहरुको मनपर्ने मनोरन्ज स्थलको रुपमा रहेको छ । भारतीयहरुको भिडभाड हुने भए पनि पौडी खेल्ने स्थलहरुमा प्रयाप्त सुरक्षा ब्यवस्था नरहेको भन्दै यस अघि देखि नै चिन्ता ब्यक्त हुदै आएको थियो ।