© २०२३
काठमाडौँ ।
प्रतिनिधिसभामा आउँदो असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।संघीय संसद् सचिवालयले असार १४ गतेसम्मको लागि सार्वजनिक गरेको प्रतिनिधिसभा बैठक तालिकामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ६ गते शुक्रबार तय गरिएको उल्लेख छ।
संसदको परम्परा अनुसार, प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ। यही क्रमअनुसार असार महिनाको कार्यक्रम पनि निर्धारण गरिएको हो। यस कार्यक्रममार्फत सांसदहरूले राष्ट्रिय चासोका समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र प्रत्यक्ष जवाफ प्राप्त गर्ने अवसर पाउँछन्।