Butwal Today

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

४ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण भएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सो विधेयक प्रमाणीकरण गरेका हुन्।

विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो। यो विधेयक सरकारले स्वास्थ्य क्षेत्रको अध्ययन र अनुसन्धानलाई संस्थागत रूप दिन ल्याएको हो।

शिक्षामन्त्री अशोक राईका अनुसार, देशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र सबै क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

विधेयकले नेपाल सरकारलाई चिकित्सा शिक्षा अध्ययन–अध्यापन गराउन स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। यसैअनुसार, सरकार अब कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको पूर्वाधारमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?