Butwal Today

तीनकुने हिंसात्मक आन्दोलनको रिपोर्टिङ गर्ने पत्रकार धरौटीमा रिहा

४ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

जिल्ला अदालत काठमाडौँले नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। गत चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनको क्रममा पक्राउ परेका दाहाललाई अदालतले ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत भिडियो खिचेको ठहर गर्दै थुनामा राख्नुपर्ने अवस्था नदेखिएको स्पष्ट पारेको छ।

दाहालले प्रमुख अभियुक्त दुर्गा प्रसाईंको गाडीभित्रबाट आन्दोलनको भिडियो खिचेका थिए, जसका आधारमा उनीमाथि राज्यविरुद्ध कसुरसमेतको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो।

थुनछेक बहसमा दाहालले आफू कुनै पनि हिंसात्मक वा आपराधिक कार्यमा संलग्न नभएको र केवल पत्रकारिताको दायित्वअनुसार समाचार संकलन तथा प्रकाशन गरेको बताएका थिए। उनका तस्बिर र भिडियोहरू घटनाको अनुसन्धानमा समेत प्रयोग भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?