© २०२३
चन्द्रौटा, ४ असार । कपिलवस्तुमा विजयनगर गाउँपालिका-५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । नौरंगिया बस्ने करिब ४० वर्षीय जन्ममति यादवको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले डालपुर -नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा मृत्यु भएको बताए । उनका अनुसार बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवको मृत्यु भएको थियो ।
शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।