ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

गुल्मीदरबारमा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

गुल्मी, ०४ असार ।

गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका लागि सरोकारहरूसँग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सुझाव संकलन गरेको हो । गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षक, महिला, युवा, कृषक, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, रोजगार, महिला सशक्तिकरण, युवामैत्री कार्यक्रम, संस्कृति तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका विषयमा आआफ्नो तर्फबाट महत्वपूर्ण सुझावहरू राखेका थिए । त्यसका अतिरिक्त सुझाबकर्ताहरूबाट जेष्ठ नागरिकहरूका लागि वडा तहमा दिवा सेवा केन्द्र स्थापना, मुख्य बजार क्षेत्रमा हाटबजार, जनशक्ति अनुसार रोजगारीको व्यवस्था, बाँझो जमिन राख्नेलाई कर, वसाइँसराइँ नियन्त्रण, क्षमता विकास, वन्यजन्तुहरूबाट भएको आहात लगायत विभिन्न विषयमा सुझाव प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले अब भौतिक विकाससँगै चेतनाको विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले नागरिकहरूको तर्फबाट आएका महत्त्वपूर्ण सुझावलाई बजेट निर्माणको क्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । थापाले नीति तथा कार्यक्रम बनाउँदा नागरिकको आवाज सुन्नु र तिनलाई समेट्नु लोकतान्त्रिक अभ्यासको मुख्य कडी भएको भन्दै नागरिकको सुझाबलाई समेटेर नीति तथा योजना निर्माण गरिने बताए । सुझाव संकलन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेँगा र प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले नागरिक स्तरबाट आएका सबै सुझावहरूलाई समेटेर योजना तर्जुमा गरिने प्रतिबद्धता समेत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?