ट्रेंडिंग:

>> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
उजिरसिह रनिङसिल्ड टि-ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२

उपाधिका लागि बेष्ट्रन र न्यू होराईजन भिड्ने

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

बुटवल, ४ असार । बुटवलमा जारी उजिरसिह रनिङसिल्ड टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ को उपाधिका लागि बेष्ट्रनल क्रिकेट क्लब र न्यू होराईजन क्रिकेट क्लब भिड्ने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा बुटवलमा जारी प्रतियोगिताको लिग चरणमा बेष्ट्रन २ खेलमा विजयी हुदै तथा न्यू होराईजन १ खेलमा जित तथा एक खेल वर्षाको कारण रोकिएपछि रनरेटको आधारमा फाईनल भिडन्त पक्का गरेका हुन । नरेनापुर क्रिकेट खेलमैदानमा बुधबार भएको निर्णायक खेलमा न्यू होराईजनले ब्याटिङकै क्रममा वर्षाले खेल अवरुद्ध भएको हो ।

यसैगरि विहान भएको पहिलो खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा बुधबार भएको खेलमा गोलपार्कले बुटवल ईलाभेन क्रिकेट क्लबलाई १ बिकेटले पराजित गरेको हो । टस जितेर बुटवल ईलाभेनले ब्याटिङ रोज्दै २० ओभरमा ८ बिकेटको नोक्सानीमा १३६ रन बनायो । उसका लागि ओपनर सुमन पाण्डेले ४४ बलमा ४३ तथा युवराज सेनले १७ बलमा ३१ रनको योगदान दिए । गोलपार्कका सजन खनाल, सन्देश पन्थी र आशुतोष भोगटीले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको गोलपार्क २० ओभरमा ९ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । गोलपार्कको जितमा सन्देश पन्थी नायक रहे । उनले ब्याटिङतर्फ अर्धशतक पुरा गर्नुको साथै बलिङमा २ बिकेट लिएर अलराउण्डर खेल प्रदर्शन गरे । खेलमा उनले ५८ बलमा ५९ रन बनाए । बिकल अधिकारीले २८ रन जोडे । बुटवल ईलाभेनका विपिन भट्टराई र शिव कुमार मौर्यले समान ३–३ तथा सुमन पाण्डेले २ बिकेट लिए । खेलमा गोलपार्कका सन्देश पन्थी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब, गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी रहेको छ । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको खेल संयोजक राजु रानाले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका सहसचिव आयुष बोगटीले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?