ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

पहिले अन्न फल्थ्यो, अहिले घर ठडिए

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

बर्दिया, ०३ असार ।

बसाइँ सराइँले तराईका खेतीयोग्य जमिनमा घर भरिँदै गएका छन् । दुई दशक यता बर्दियामा खेतीयोग्य जमिनमा घर भरिँदै गएको देखिएको छ । जिल्लाका किसानहरूले करिब ७५ हजार हेक्टर क्षेत्रफल जमिनमा खेती गरेर राम्रो उत्पादन सँगै आम्दानी गर्दथे । यहाँ उत्पादन भएका धान लगायत अन्य बालीहरू भारतमा समेत निर्यात हुन्थ्यो । निर्यातका लागि सिमानामा करिब १० ओटा छोटी भन्सार कार्यालय स्थापना भएका थिए । तर अहिले जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा मात्र खेती हुन थालेको सरकारी तथ्याङ्क छ ।

बर्दिया जिल्ला लुम्बिनी प्रदेशका दक्षिण पश्चिममा पर्दछ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान पर्दछ भने दक्षिणतर्फ भारतको उत्तर प्रदेश सँग ८२. ७ किलोमिटर सिमाना जोडिएको छ । यस जिल्लाको कुल क्षेत्रफल २ हजार २५ वर्ग किलोमिटर मध्ये दुई तिहाइ भन्दा बढी भू भाग ६८.७६ प्रतिशत तराईको समथर भूभागले ओटेको छ भने ३१.२४ प्रतिशत चरे पर्वत पर्दछ । विगतमा आदिवासी थारुहरूको बाहुल्य रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा अन्य जिल्लाहरू लगायत बढी पहाडी जिल्लाहरूबाट बसाइसराइको क्रम बढेसँगै जातीय र सांस्कृतिक विविधता बढेको छ ।

जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी तीन प्रकारको पाइन्छ । अधिकतम वार्षिक वर्षा २ हजार ५० मिलिलिटर रेकर्ड कायम रहेको देखिन्छ । बर्दिया जिल्लाको जलवायु अभिलेख अनुसार औसत न्यूनतम वर्षा ११ सय १८ मिलिलिटर छ । जस मध्ये ८५ प्रतिशत मनसुन याममा हुने गर्दछ । हावापानीको दृष्टिले बर्दिया जिल्लालाई मुलत ३ भागमा विभाजन गर्न सकिन्छ । पहिलोमा गर्मी सुख्खा समशीतोष्ण हावापानी, दोस्रोमा न्यानो समशीतोष्ण हावापानी र तेस्रोमा शीतोष्ण आद्र हावापानी रहेको छन् ।

बर्दिया जिल्लाको कुल क्षेत्रफल २ हजार २५ वर्ग किलोमिटर रहेको छ जसमा वन १२ सय १६ वर्ग ८२ किलोमिटर र वनको क्षेत्रफल ७ हजार एक सय एकतिस हेक्टर रहेको छ । जसमा खेती योग्य जमिन ७७ हजार हेक्टर क्षेत्रफल र खेती गरिएको क्षेत्रफल ६ हजार एक सय रहेको थियो । जनगणना २०७८ अनुसार बर्दिया जिल्लाको कुल जनसङ्ख्या ४ लाख ५९ हजार ९ सय थियो । जसमा पुरुषको जनसङ्ख्या २ लाख १६ हजार ७ सय ६६ र महिलाको जनसङ्ख्या २ लाख ४३ हजार एक सय ३४ जना रहेका थिए । यस जिल्लामा परिवारको सङ्ख्या एक लाख ६ हजार ३ सय २६ औसत घरपरिवारको आकार ४.३३ थियो र जनघनत्व २ सय २७ प्रति वर्ग किलोमिटर र वार्षिक जनसङ्ख्या वृद्धिदर १.०९ रहेको छ । यस जिल्लाको मातृ मृत्युदर प्रतिहजारमा २.५ र शिशु मृत्युदर ३४ रहेको छ ।

बर्दियाका मुख्य बजार मध्ये गुलरिया, ताराताल, भुरीगाँउ, मैनापोखर, शितलाबजार, बगनाहा, स्याली बजार, ठाकुरद्वारा, भोलागौडी, कतरनिया, शान्तिबजार, मानपुरटपरा, खोल्टीबजार र ओराली बजार रहेका छन् । जिल्लामा बसोबास गर्नका लागि निकै उपयुक्त रहेकोले यहाँ बसाई सरी आउने मानिसहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । बर्दिया जिल्लामा बढी मात्रामा माध्यमा र निम्न वर्गकां मानिसहरूको बसोबास रहेको छ । यस जिल्लामा खासै राम्रो विकास नभएको कारणले यहाँ जग्गाको मुल्य कम रहेको पाइन्छ । जस कारण बहिरी जिल्लाबाट आउने मानिसहरू यहाँ सजिलै जग्गा खरिद गरेर बसाई सराई गर्न सक्छन् ।

यस जिल्लामा वार्षिक कुल जनसङ्ख्याको १.०९ आर्थत ३७ हजार बढी मानिसहरू बसाई सराई गर बर्दियामा आउने गरेको पाइएको छ । कुल घरपरिवारको वृद्धिदर ४.३३ अनुसार वार्षिक ४ हजार घरपरिवारले बर्दियामा घर बनाउने गरेको पाइएको छ । खेती योग्य जमिन पनि त्यही अनुसार कम हुँदै गएको छ । एक तिर खेती योग्य जमिन कम हुँदै गएको छ भने अर्को तिर घरधुरीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

पहाडी जिल्लाका मानिसहरू बसाई सराई नलिएरै बर्दियामा बसाई सराई आएकोले जाजरकोटको जनसङ्ख्या वृद्धि भएकै देखिन्छ । जाजरकोट देखि बढैयाताल गाउँपालिकामा आएका जाजरकोटका जनताहरू बसाइसराइ ल्याएको निकै कम तथ्याङ्क देखिन्छ । जबकि बढैयाताल गाउँपालिकाको हरेक वडाहरूमा जाजरकोटका मानिसहरू बसोबास गर्दै आइरहेका छन् । बढैयात गाउँपालिकामा मात्र नभएर बर्दियाका आठ ओटै पालिकाहरूमा भुर्गीकरण गर्दा समस्या देखा परेको छ । पालिकामा तथ्याङ्क नहुने तर बसोबास गर्दै आइरहेका छन् ।

सरकारबाट पाउने सेवा सुविधा लिन आउने समस्या निकै जटिल बन्दै आएको छ । पालिकामा जनसङ्ख्या वृद्धिदर कम रहेको तर बसाइँको अनुसार जनसङ्ख्या वृद्धिदर निकै बढेको पाइन्छ । पालिकाले घरधुरी सर्वेक्षण गर्दा घरधुरी अनुसार जनसङ्ख्या कम रहेको पाइन्छ ।वि.स. ३०७८ को जनगणना अनुसार जाजरकोटको जनसङ्ख्या १ लाख ८९ हजार ३ सय ६० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार जिल्लाको जनसङ्ख्या एक लाख ८९ हजार ३ सय ६० पुगेको हो । जसमा पुरुष ९४ हजार ६३ रहेको छ भने महिलाको जनसङ्ख्या ९५ हजार २ सय ९७ पुगेको छ ।

बर्दिया जिल्ला उदाहरणको पत्र मात्र हो यसरी एक जिल्लाबाट अर्को जिल्लामा बसाइसराइ गरी आउने पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म बर्षौ देखि चल्दै औका छ । सरकारले यदि बसाई सराई रोकन भने यो भन्दा अझै अवस्था गम्भीर हुने छ र खेती योग्य जमिन जमिन नरहेर घरमा परिवर्तन हुने छ । बसाई सराई भन्दा पहिला पहाडी जिल्लाका मानिसहरूले पहाडमै खेती गरेर गुजारा गरिरहेका थिए भने अहिले पहाडी जिल्लाका मानिसहरू बसाई सराई गरी तराईमा आएपछि पहाडको जमिन खाली भएको पाइन्छ । एक तिर पहाडको जमिन खाली हुँदै गएको छ भने अर्को तिर तराईको खेती योग्य जमिनमा मानिसहरूले घर बनाउँदै जाँदा उत्पादनमा समेत कम हुँदै गएको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?