ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

संसद् अवरोध खुलोस् भन्ने सत्तारूढ दलको चाहना छैन : प्रचण्ड

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) संसद्को अवरोध खुलोस् भन्नेमा इच्छुक नभएको टिप्पणी गरेका छन्।

मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हाल संसद्मा विचाराधीन कानुन निर्माण प्रक्रियालाई रोक्ने मनसाय सत्ताको नेतृत्वमा रहेको पक्षबाट देखिएको आरोप लगाए।

उनले भने, “कांग्रेस र एमाले अहिले सरकारमा छन्, तर उनीहरू कानुन निर्माणमा अघि बढ्न चाहँदैनन्। यस्तो देखिन्छ कि संसद् अवरोध रहिरहोस् भन्ने चाहना सत्तापक्षमै छ।”

प्रचण्डका अनुसार संसद्मा संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन, तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी कानुनहरू विचाराधीन अवस्थामा छन् र ती टुंगोमा पुर्‍याउनुपर्ने जिम्मेवारी सरकारको हो।

उनले आफूहरूको पार्टीले जिम्मेवार भएर छानबिन समिति गठन गरी ३० दिनभित्र निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएकाले ऐन निर्माण प्रक्रियालाई प्राथमिकता दिएको बताए।

प्रचण्डले चेतावनी दिँदै भने, “असार १५ गतेसम्म विद्यालय शिक्षा ऐन पास गर्न नसके शिक्षा क्षेत्र झन् अराजकतातिर धकेलिन सक्छ।”

उनको भनाइ अनुसार, अवरोधको स्थिति जस्ताको तस्तै राख्ने प्रवृत्तिले संविधानसमेत संकटमा पार्ने सम्भावना देखिएको छ। यसैले सहमतिका आधारमा अघि बढ्न र बाँकी कानुनी कार्य टुंग्याउन माओवादी केन्द्र प्रतिबद्ध रहेको उनले दोहोर्‍याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?