© २०२३
बर्दिया, ०३ असार ।
बसाइँ सराइँले तराईका खेतीयोग्य जमिनमा घर भरिँदै गएका छन् । दुई दशक यता बर्दियामा खेतीयोग्य जमिनमा घर भरिँदै गएको देखिएको छ । जिल्लाका किसानहरूले करिब ७५ हजार हेक्टर क्षेत्रफल जमिनमा खेती गरेर राम्रो उत्पादन सँगै आम्दानी गर्दथे । यहाँ उत्पादन भएका धान लगायत अन्य बालीहरू भारतमा समेत निर्यात हुन्थ्यो । निर्यातका लागि सिमानामा करिब १० ओटा छोटी भन्सार कार्यालय स्थापना भएका थिए । तर अहिले जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा मात्र खेती हुन थालेको सरकारी तथ्याङ्क छ ।
बर्दिया जिल्ला लुम्बिनी प्रदेशका दक्षिण पश्चिममा पर्दछ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान पर्दछ भने दक्षिणतर्फ भारतको उत्तर प्रदेश सँग ८२. ७ किलोमिटर सिमाना जोडिएको छ । यस जिल्लाको कुल क्षेत्रफल २ हजार २५ वर्ग किलोमिटर मध्ये दुई तिहाइ भन्दा बढी भू भाग ६८.७६ प्रतिशत तराईको समथर भूभागले ओटेको छ भने ३१.२४ प्रतिशत चरे पर्वत पर्दछ । विगतमा आदिवासी थारुहरूको बाहुल्य रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा अन्य जिल्लाहरू लगायत बढी पहाडी जिल्लाहरूबाट बसाइसराइको क्रम बढेसँगै जातीय र सांस्कृतिक विविधता बढेको छ ।
जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी तीन प्रकारको पाइन्छ । अधिकतम वार्षिक वर्षा २ हजार ५० मिलिलिटर रेकर्ड कायम रहेको देखिन्छ । बर्दिया जिल्लाको जलवायु अभिलेख अनुसार औसत न्यूनतम वर्षा ११ सय १८ मिलिलिटर छ । जस मध्ये ८५ प्रतिशत मनसुन याममा हुने गर्दछ । हावापानीको दृष्टिले बर्दिया जिल्लालाई मुलत ३ भागमा विभाजन गर्न सकिन्छ । पहिलोमा गर्मी सुख्खा समशीतोष्ण हावापानी, दोस्रोमा न्यानो समशीतोष्ण हावापानी र तेस्रोमा शीतोष्ण आद्र हावापानी रहेको छन् ।
बर्दिया जिल्लाको कुल क्षेत्रफल २ हजार २५ वर्ग किलोमिटर रहेको छ जसमा वन १२ सय १६ वर्ग ८२ किलोमिटर र वनको क्षेत्रफल ७ हजार एक सय एकतिस हेक्टर रहेको छ । जसमा खेती योग्य जमिन ७७ हजार हेक्टर क्षेत्रफल र खेती गरिएको क्षेत्रफल ६ हजार एक सय रहेको थियो । जनगणना २०७८ अनुसार बर्दिया जिल्लाको कुल जनसङ्ख्या ४ लाख ५९ हजार ९ सय थियो । जसमा पुरुषको जनसङ्ख्या २ लाख १६ हजार ७ सय ६६ र महिलाको जनसङ्ख्या २ लाख ४३ हजार एक सय ३४ जना रहेका थिए । यस जिल्लामा परिवारको सङ्ख्या एक लाख ६ हजार ३ सय २६ औसत घरपरिवारको आकार ४.३३ थियो र जनघनत्व २ सय २७ प्रति वर्ग किलोमिटर र वार्षिक जनसङ्ख्या वृद्धिदर १.०९ रहेको छ । यस जिल्लाको मातृ मृत्युदर प्रतिहजारमा २.५ र शिशु मृत्युदर ३४ रहेको छ ।
बर्दियाका मुख्य बजार मध्ये गुलरिया, ताराताल, भुरीगाँउ, मैनापोखर, शितलाबजार, बगनाहा, स्याली बजार, ठाकुरद्वारा, भोलागौडी, कतरनिया, शान्तिबजार, मानपुरटपरा, खोल्टीबजार र ओराली बजार रहेका छन् । जिल्लामा बसोबास गर्नका लागि निकै उपयुक्त रहेकोले यहाँ बसाई सरी आउने मानिसहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । बर्दिया जिल्लामा बढी मात्रामा माध्यमा र निम्न वर्गकां मानिसहरूको बसोबास रहेको छ । यस जिल्लामा खासै राम्रो विकास नभएको कारणले यहाँ जग्गाको मुल्य कम रहेको पाइन्छ । जस कारण बहिरी जिल्लाबाट आउने मानिसहरू यहाँ सजिलै जग्गा खरिद गरेर बसाई सराई गर्न सक्छन् ।
यस जिल्लामा वार्षिक कुल जनसङ्ख्याको १.०९ आर्थत ३७ हजार बढी मानिसहरू बसाई सराई गर बर्दियामा आउने गरेको पाइएको छ । कुल घरपरिवारको वृद्धिदर ४.३३ अनुसार वार्षिक ४ हजार घरपरिवारले बर्दियामा घर बनाउने गरेको पाइएको छ । खेती योग्य जमिन पनि त्यही अनुसार कम हुँदै गएको छ । एक तिर खेती योग्य जमिन कम हुँदै गएको छ भने अर्को तिर घरधुरीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
पहाडी जिल्लाका मानिसहरू बसाई सराई नलिएरै बर्दियामा बसाई सराई आएकोले जाजरकोटको जनसङ्ख्या वृद्धि भएकै देखिन्छ । जाजरकोट देखि बढैयाताल गाउँपालिकामा आएका जाजरकोटका जनताहरू बसाइसराइ ल्याएको निकै कम तथ्याङ्क देखिन्छ । जबकि बढैयाताल गाउँपालिकाको हरेक वडाहरूमा जाजरकोटका मानिसहरू बसोबास गर्दै आइरहेका छन् । बढैयात गाउँपालिकामा मात्र नभएर बर्दियाका आठ ओटै पालिकाहरूमा भुर्गीकरण गर्दा समस्या देखा परेको छ । पालिकामा तथ्याङ्क नहुने तर बसोबास गर्दै आइरहेका छन् ।
सरकारबाट पाउने सेवा सुविधा लिन आउने समस्या निकै जटिल बन्दै आएको छ । पालिकामा जनसङ्ख्या वृद्धिदर कम रहेको तर बसाइँको अनुसार जनसङ्ख्या वृद्धिदर निकै बढेको पाइन्छ । पालिकाले घरधुरी सर्वेक्षण गर्दा घरधुरी अनुसार जनसङ्ख्या कम रहेको पाइन्छ ।वि.स. ३०७८ को जनगणना अनुसार जाजरकोटको जनसङ्ख्या १ लाख ८९ हजार ३ सय ६० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार जिल्लाको जनसङ्ख्या एक लाख ८९ हजार ३ सय ६० पुगेको हो । जसमा पुरुष ९४ हजार ६३ रहेको छ भने महिलाको जनसङ्ख्या ९५ हजार २ सय ९७ पुगेको छ ।
बर्दिया जिल्ला उदाहरणको पत्र मात्र हो यसरी एक जिल्लाबाट अर्को जिल्लामा बसाइसराइ गरी आउने पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म बर्षौ देखि चल्दै औका छ । सरकारले यदि बसाई सराई रोकन भने यो भन्दा अझै अवस्था गम्भीर हुने छ र खेती योग्य जमिन जमिन नरहेर घरमा परिवर्तन हुने छ । बसाई सराई भन्दा पहिला पहाडी जिल्लाका मानिसहरूले पहाडमै खेती गरेर गुजारा गरिरहेका थिए भने अहिले पहाडी जिल्लाका मानिसहरू बसाई सराई गरी तराईमा आएपछि पहाडको जमिन खाली भएको पाइन्छ । एक तिर पहाडको जमिन खाली हुँदै गएको छ भने अर्को तिर तराईको खेती योग्य जमिनमा मानिसहरूले घर बनाउँदै जाँदा उत्पादनमा समेत कम हुँदै गएको पाइएको छ ।