Butwal Today

नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोज्यो

३ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ। ग्लासगोमा भइरहेको यो खेलमा नेपाल जितको खोजीमा मैदान उत्रिएको हो, किनभने आइतबार नेदरल्यान्डसँगको रोचक खेलमा नेपाल सुपर ओभरमा पराजित भएको थियो।

आजको खेलका लागि नेपाली टोलीमा सानो परिवर्तन गरिएको छ। अघिल्लो खेलमा चोट बेहोरेका पेस बलर नन्दन यादवलाई विश्राम दिइएको छ। उनको स्थानमा स्पिन बलिङ अलराउण्डर बसिर अहमदले आजको खेलमा मौका पाएका छन्। बाँकी टोली भने लगभग अघिल्लो खेलकै संरचनामा आधारित छ।

नेपालको आजको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), अनिल साह (विकेटकिपर), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम, रुपेश सिंह।