ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

एक लाख जरिवाना पछि पम्प सञ्चालनमा 

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

कपिलवस्तु, ०३ असार । 

कपिलवस्तुको तौलिहवामा गत जेठ २० गते मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भेटिदा सिल गरिएका दुई पेट्रोल पम्प हदै सम्मको कारबाही पछि पुनः सञ्चालनमा आएका छन् ।  जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको संयुक्त अनुगमन टोलीले चार वटा पेट्रोल पम्प अनुगमनका क्रममा कैफियत भेटिएका दुई पेट्रोल पम्पको नोजल सिल गरेको थियो ।

मापदण्ड भन्दा कम मात्रामा इन्धन बिक्री गर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित जमुवारटोलको उमा ट्रेडिड्ड कम्पनीको २ वटा पेट्रोल मेसिन र १ वटा डिजेल मेसिन तथा वडा नम्बर ४ कोदहवाको ओझा फिलिगं सेन्टरको १ वटा पेट्रोल मेसिन र १ वटा डिजेल मेसिनमा मापदण्ड भन्दा कम मात्रामा इन्धन भेटिए पछि टोलीले सिल गरेको पेट्रोल पम्पले तोकिएको जरिवाना तिरे सँगै अनुगमन पश्चात् प्राविधिक सहितको टोलीले मापदण्ड अनुकूलको मात्रा यकिन गरेसँगै पुनः सञ्चालन गरिएको हो ।

गत जेठ २० गते चार वटा पेट्रोल पम्प अनुगमनका क्रममा डिजेल तथा पेट्रोल मापदण्ड भन्दा कम बिक्री वितरण गरेको भेटिएकाले नोजल सिलबन्दी गरिएकोमा दुवै पेट्रोल पम्पलाई स्टयान्डर नाप र तौल ऐन २०२५ को दफा ३० को १ को (ङ) को बिर्खिलाफ पाइएकोले ऐन अनुसार दुवै पम्पलाई हदै सम्मको कारबाही अनुसार १/१ लाख रुपैयाँ  कारबाही स्वरूप जरिवाना गरिएको गुणस्तर तथा नाप तौल कार्यालय बुटवलका निरीक्षक नीराजन पुडासैनीले जानकारी दिए ।

कम्पनीको आधिकारिक प्राविधिकले उक्त मेसिनरी मर्मत गरे पश्चात् परीक्षणका क्रममा मापदण्ड अनुसार पाइएकोले बिक्री वितरण खुला गरिएको उनले जानकारी दिए । कारबाही पछि अनुगमनका क्रममा पम्प मर्मत पश्चात् दुवै पेट्रोल पम्पमा मापदण्ड अनुसार ठिक मात्रा दिएको देखिएकाले बिक्री वितरणको लागि सुचारु गरिएको जनाउँदै अनुगमन निरन्तर गरी त्रुटि भेटिए थप कारबाही गरिने कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?