ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

बुटवलमा ‘साईकल सौन्दर्य’ चर्चा

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

बुटवल, ३ असार । प्रकृतिमैत्री संस्कृति र सहअस्तित्वको प्रतीकका रूपमा रहेको साइकल संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । साइकल संस्कृतिको विषयमा लेखिएको ‘साइकल सौन्दर्य’ पुस्तकका लेखक तथा अभियन्ता प्रा.डा. तारालाल श्रेष्ठसंग बुटवलमा गरिएको अन्तरक्रिया कार्यक्रममा पर्यावरण संरक्षण, वैकल्पिक यातायातको प्रवद्र्धन र पर्यटन विकासमा साइकलको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रा.डा. तारालाल श्रेष्ठले आफनो पाचौ पुस्तक तयार गर्दाको स्मरण गर्दै साइकलको विश्व इतिहास, नेपालमा साईकलको विगत र वर्तमान अवस्था, साईकल कानुनका लागि हस्ताक्षर संकलन अभियान लगायत विविध पाटाहरु समेटेको बताए । साइकलको पुस्तकबाट आफु सन्तुष्टी मिलेको भन्दै उनले पुस्तकमा छुटेका धेरै विषयबस्तुहरुलाई आगामी पुस्तकमा प्रकाशन गर्ने समेत बताए ।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रित गरी साइकल पर्यटनलाई प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना रहेको कार्यक्रमका वक्ताहरूले औंल्याए । उनीहरूले निजी क्षेत्रको पर्यटन व्यवसायसँग मिलेर साइकल संस्कृति जगेर्ना गर्ने उपायहरू अघि सार्नुपर्ने आवश्यकता पनि जोड दिए । बुटवलमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठूलो साइकल लेनलाई उदाहरण दिँदै वक्ताहरूले पूर्वाधार विकासमा ढिलाइ भए पनि यो सम्भावना र अवसरहरूको संकेत भएको जनाए ।

कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सचिव राजु तिवारीले बुटवललगायत पाँच वटा पालिकामा साइकलमैत्री पूर्वाधारको माग गर्दै ज्ञापनपत्र बुझाइसकेको जानकारी दिएका थिए ।

कार्यक्रममा मनोरोग विशेषज्ञ डा.मनोज ढुगानाले साइकल पर्यावरण, आम नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, पर्यटन लगायत विविध पाटोमा जोडिएको बताए । पार्किङको अभाव, ट्राफिक व्यवस्थापन, साइकल ट्याकको आवश्यकताजस्ता विषयहरू सम्बोधन हुन नसक्दा साईकल संस्कृति अवरोध सृजना भएको उनले दुखेसो गरे । हिमालय बुक्स हाउसका सञ्चालक तथा पाठक मंच बुटवलले पठन संस्कृतिको विकास, पुस्तक अभियान चलाउदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?