ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध तेस्रो सुपर ओभरमा नेपालको हार

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

काठमाडौँ ।

स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ।

तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। नेदरल्यान्ड्सले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा पुगेर जित दर्ता गरेको हो।

तेस्रो सुपर ओभरको पहिलो बलमा नै कप्तान रोहित पौडेल क्याच आउट हुन पुगे। क्रिजमा रुपेश सिंह आए। उनले दोस्रो र तेस्रो बल डट राखे। चौथो बलमा सिंह पनि पेभेलियन फर्के।

पहिलो सुपर ओभरमा १९ रन भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपालले २ विकेट गुमाएर १७ रन बनाएको थियो। दोस्रो सुपर ओभरमा नेपालका ललित राजवंशी बलिङमा आएका थिए।

नेपालको तर्फबाट ब्याटिङमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा आएका थिए।

पहिलो बलमा रोहितले छक्का प्रहार गरे। दोस्रो बलमा दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रले चौका प्रहार गरे। चौथो र पाचौँ बलमा दिपेन्द्रले रन बटुल्न सकेनन्। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो।

पहिलो सुपर ओभरमा नेपालले दिएको २० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो। डच टोलीका लागि माइकल लेभिट र म्याक्स ओ डाउड ब्याटिङमा आएका थिए।

पहिलो सुपर ओभरमा नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा आएका थिए। कुशलले ४ बलमा १८ रन बनाउँदा कप्तान रोहितले १ रन जोडे।

सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपालले अन्तिम ओभरमा १५ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको हो।

नेदरल्यान्ड्ससँगको खेलसँगै नेपालले टी–२० आई मा एक सय खेलको कोशेढुङ्गा पार गरेको छ।

अर्धशतक नजिक पुगेका कप्तान रोहित पौडेल ४८ रनमा क्याच आउट हुन पुगे। कप्तान रोहितले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। डेब्यु खेल खेलेका रुपेश सिंह १९ र किरण ठगुन्ना १५ रन बनाउँदै पेभेलियन फर्के।

त्यसअघि स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो।

तेजा निडामानुरुले बनाएको ३५ रन नै डच टोलीका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा १ छक्का सहयोगमा ३५ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए।

सकिव जुल्फिकरले २५ रनमा अविजित रहे।

विक्रम जित सिंहले बनाएको ३० रन थपे। उनले २९ बलमा २ छक्का प्रहार गरे।

ओपनर माइकल लेभिट २० रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। अर्का ओपनर म्याक्स ओ डाउड १९ रन बनाउँदा ललित राजवंशीको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १८ रन खर्चे।

नन्दन यादवले २ विकेट झारे। ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?