ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

श्रीनगर डाँडामा ‘गुन्जिए साहित्यकारका रचना’

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

पाल्पा, ०२ असार ।

पाल्पाको ऐतिहासिक श्रीनगर डाँडाको सल्लिपिरलको गलौचामा शनिबार शब्दहरूले बादल चिरे, भावनाले उज्यालो पोते र सिर्जनाहरूले डाँडोभरि सुगन्ध छरियो । बुटवल साहित्य सङ्गमको ३२३ औँ मासिक शृङ्खला, तिलोत्तमा साहित्य कला प्रतिष्ठानको १० औँ मासिक शृङ्खला र वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाको संयुक्त आयोजनामा सम्पन्न ऐतिहासिक सिर्जना वाचन तथा साहित्यिक अन्तरक्रिया कार्यक्रममा ४४ जना नयाँ तथा पुराना साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वाचित रचना माथि समालोचना गर्दै डा. मुरारि पराजुलीले विचारलाई साहित्यको प्राण बताउँदै, विचारविहीन साहित्य शिरविहीन देहजस्तै हुने, सौन्दर्यविहीन साहित्य आत्माविहीन प्रार्थनाजस्तै हुने बताए । पराजुलीले सिर्जनामा केवल दुःख र विद्रोह होइन, आशा र शान्तिको स्वर पनि बोल्नुपर्ने बताए ।

कार्यक्रममा डा. हरिप्रसाद भण्डारीले वर्तमान साहित्यिक प्रवृत्तिमा सामाजिक–राजनीतिक सचेतना झल्किएको उल्लेख गर्दै निराशालाई चिर्दै आशाको बाटो देखाउने साहित्यको भूमिकामाथि जोड दिए । गोपालप्रसाद बस्यालले साहित्य संस्थाहरूबिचको सहकार्यले सिर्जनात्मक ऊर्जा प्रवाह हुने बताउँदै बुटवलका साहित्यकार पाल्पाको उपस्थितिमा धन्यवाद ज्ञापन गरे । यस्ता कार्यक्रमहरू पुनः आयोजना गरिने बताए ।कार्यक्रममा वाचन गरिएका गजल, कविता, गीत, मुक्तक, हाइकु र लघुकथाहरूले कार्यक्रमलाई बहु आयामिक बनाएको थियो ।

कार्यक्रममा साहित्यकारहरू शंकर भण्डारी, डा. हरिप्रसाद भण्डारी, गोपालप्रसाद बस्याल, रामप्रसाद अर्याल, कविराज पौडेल, कृष्ण गाउँले, कृष्णप्रसाद कोइराला, धातानन्द शर्मा गैरे, हरिप्रसाद पौडेल, लीलाधर पाण्डे, उद्दव देवकोटा, खगेन्द्र बस्याल, दुर्गालाल तिवारी, सलला गाहा, चन्द्रकला गुरुङ, सङ्गम अनुरागी, अर्जुन दृष्टि, विशेष जङ्ग कार्की, गोम बिक्रम, आर. बी. निश्चल, अमर भाट क्षेत्री, समिन गैरे, सरोज काफ्ले, डा. शंकरप्रसाद गैरे, गणेश नेपाली, गणेश घिमिरे, अनिसा आचार्य, नयान्सा थापा, महेन्द्र पन्थी, मनु अधिकारी, सुहाना न्यौपाने, मिमांशा बस्याल, श्रीधा पौडेल, कमल बहादुर खत्री, फणिन्द्र प्रसाद बस्याल, सिताराम घिमिरे लगायतले आफ्ना कविता, गीत, गजल, मुक्तक, हाइकु तथा लघुकथाहरू वाचन गरेका थिए ।

साहित्यिक अभिव्यक्तिहरूले श्रीनगर डाँडालाई दिनभर शब्दका गुँडले भरिएको बनायो—जहाँ प्रत्येक पङ्क्ति शिरमा फूल जस्तो लाग्थ्यो र प्रत्येक स्वर आत्माको नदीजस्तो बगिरहेको महसुस हुन्थ्यो । रुपन्देहीबाट २९ पाल्पाबाट १५ जना गरी ४४ जना साहित्यकारको सशक्त उपस्थितिले कार्यक्रमलाई केवल एउटा मासिक शृङ्खला होइन, एक ऐतिहासिक मिलनबिन्दु बनाइदिएको थियो—जहाँ आत्मा, अभिव्यक्ति र आकाङ्क्षाको साक्षात्कार भयो । कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार तथा समीक्षक डा. मुरारी पराजुलीले गरेका थिए । प्रमुख अतिथिका रूपमा डा. हरिप्रसाद भण्डारी उपस्थिति थियो भने विशिष्ट अतिथिको रूपमा वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद बस्याल सहभागी थिए । कार्यक्रमको स्वागत मन्तव्य हरिप्रसाद पौडेल संयोजनका भूमिकामा साहित्यकार कृष्ण गाउँले थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?