© २०२३
बाँके, २ असार ।
बाँके प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ प्रगतीटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
उनका अनुसार उनीबाट १०६ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भएको हो । पासीले सेतो प्लास्टिकमा बेरी राखेको अवस्थामा उक्त लागु औषध बरामद भएको प्रहरी उपरीक्षक घर्ती मगरले जानकारी दिए ।
पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको पनि प्रहरीले उनले जनकारी गराए ।
प्रहरीले चेकजाँचलाई कडाइ गरे पनि प्रतिबन्धित लागु औषध कारोबारी तथा प्रयोगकर्ताहरूले आयात गरिरहेका छन् । प्रहरीलाई छलेर नेपाल भित्राउने गरेको भए पनि प्रहरीले पनि त्यस्ता कारोबारी र प्रयोगकर्तालाई पक्राउ गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।