ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

प्रादेशिक अस्पतालमा किन अस्थिरता निम्त्याउँदै छन् डा. गौतम ?

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बुटवल, २ असार ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. विष्णु गौतम काम नगरीकनै सेवा सुविधा लिइरहेको पाइएको छ । अस्पताल प्रशासनले दिएको जिम्मेवारी अनुसारको काम नगरी उनले घरमै बसेर सेवा सुविधा लिइरहेको पाइएको हो ।

अस्पतालका कतिपय चिकित्सक तथा कर्मचारीहरु डा. गौतमले अस्पतालमा अस्थिरता निम्त्याइरहेको बताउँछन् । अस्पतालमा मेसु नियुक्तीका लागि बिगतमा सर्वोच्च गएका उनी सर्वोच्चले रिट खारेज गरेर डा. इन्द्र ढकाललाई नै मेसुमा कायम गरिदिएपछि उनले असन्तुष्टि पोखिरहेका छन् ।

आफू ११ औं तहको हुँदाहुँदै दशौं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै उनले असन्तुष्टि र प्रतिशोधस्वरुप अस्पतालमा काम नै नगरी सेवा सुविधा लिइरहेका हुन् ।

२०७९ चैत २० मा डा. गौतम पाल्पाबाट कामकाजका निम्ति खटाएर लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । त्यतिबेला १० औं तहकै डा. सुदर्शन थापा मेडिकल सुपरिटेन्डेन्ट थिए । डा. थापालाई स्वीकारेर बसेका उनी सोही तहका ढकाललाई भने अस्वीकार गर्दै कामकाज नै नगरी सुविधा लिएर बसेका हुन् । “तत्कालीन मेसु डा. सुदर्शन थापालाई स्वीकारेको सत्य हो, तर त्यतिबेलाका प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीको आग्रह अनुसार मैले मेसुको दावी नगरी केही समय पर्खिएको थिएँ, तर अहिले मेरो स्वाभाविक दावी हुँदाहुँदै अन्यायपूर्ण निर्णय भएकाले काम गर्न नगएको हुँ”–उनले बुटवल टुडेसँग भने ।

उनले आफू व्यवस्थापनबाटै ११ औं तहमा गएकाले अस्पतालको नेतृत्व दावी गर्नु स्वभाविक रहेको बताए । डा. गौतम जनरल हेल्थ सर्भिसेज (जहेस) अन्तर्गत संघका कर्मचारी हुन् । उनी तीन वर्षअघि पाल्पाबाट बुटवल आउँदा सोही दिनको निर्णयमै दशौं तहका डा. सुदर्शन थापालाई मेसु स्वीकारेको तर समान तहकै डा. ढकाललाई नस्वीकार्दा गौतमले अस्पतालमा राजनीति गरेको देखिएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए । उनले भने–“यो अस्थिरता निम्त्याउने खेल हो, अस्पतालले दिएको जिम्मेवारी पूरा गर्नुको साटो शक्ति र पहुँचका आडमा अस्थिरता निम्त्याउनु ठिक होइन ।”

२०८१ असोज २४ गते डा. गौतमलाई उनको समूह अनुसार जहेस प्रमुख अर्थात लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । तर उनी अहिलेसम्म पनि उक्त शाखामा हाजिर नभएको इमर्जेन्सी विभागका इन्चार्ज रामप्रसाद अर्याल बताउँछन् ।

यस सम्बन्धमा अस्पतालले २०८१ कात्तिक १२ मा पत्र काट्दै सम्बन्धित फाँटमा जान सचेत गराएको थियो । सचेत गराउँदा पनि उनी आफ्नो फाँटमा नगएपछि अस्पताल प्रशासनले दोस्रो पल्ट मंसिर २३ मा चेतावनीमूलक पत्र काट्दै पुनः सम्बन्धित फाँटमा हाजिर हुन भनेको थियो । साथै अस्पतालले यसको जानकारी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई पनि गराएको थियो ।

डा. गौतम नेपाल सरकार अन्तर्गत जहेस हुन् भने उनले निजी क्लिनिकमा भने स्त्रीरोग विशेषज्ञ सम्बन्धी काम गर्दै आएका छन् । यसबारे प्रतिक्रिया दिंदै उनले आफ्नो विशेषज्ञता सोही विषयमा भएकाले स्त्रीरोग विशेषज्ञको रुपमा काम गर्नु स्वाभाविक रहेको बताए ।

तर २०७७ मा उनको स्त्रीरोग विशेषज्ञता सम्बन्धी डिग्री प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । अख्तियारले त्यसको अनुसन्धान गर्ने जिम्मा लुम्बिनी प्रदेश सरकारलाई दिएको थियो । यस विषयमा डा. गौतमले उजुरी परेको साँचो भएपनि सो उजुरीमा लगाइएको आरोपमा सत्यता नभएको दावी गरे ।

डा. गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा काम नगरेपछि गएको पुसमा कपिलवस्तु अस्पतालमा सरुवाका निम्ति फाइल समेत उठेको थियो । तर शक्ति केन्द्रको आडमा गौतमले उक्त फाइल रोक्न सफल भएको अस्पताल स्रोतले बतायो ।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले भने अस्पतालले दिएको जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्दा आकस्मिक विभाग प्रमुख बिहीन भएको बताए । “अस्पतालले पटकपटक आफ्नो कामको जिम्मेवारी निभाउन निर्देशन दिएको छ, तर उहाँ सम्बन्धित फाँटमा जानुभएको छैन”–डा. ढकालले भने । उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन र अस्पताललाई देशकै नमूना बनाउने कुरामा सबै चिकित्सक र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।

डा. ढकाल २०८१ जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसु नियुक्त भएका थिए । सरकारको नियुक्तिविरुद्धमा अस्पतालमै कार्यरत डा विष्णु गौतम सर्वोच्च अदालत पुगेपछि गत वर्षको असार १७ गते सर्वोच्च अदालतले तत्काल मेसुको काम नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतको भदौ ३१ को फैसलाले डा गौतमले दायर गरेको रिट खारेज गरिदिएपछि डा ढकाल पुनः मेडिकल सुपरिटेण्डेन्टमा कायम भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?