ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

तीन करोडभन्दा कम लागतका नयाँ आयोजना अब संघीय बजेटमा समावेश नहुने : अर्थमन्त्री पौडेल

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना नराख्ने सरकारको नीतिलाई स्पष्ट रूपमा दोहोर्‍याएका छन्। सोमबार प्रतिनिधिसभामा बजेटको सैद्धान्तिक छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उनले उक्त नीतिको कार्यान्वयनमा अर्थ मन्त्रालय गम्भीर रहेको बताएका हुन्।

अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षमा सुरु भइसकेका र अब सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूमा भने तीन करोडभन्दा कम रकम विनियोजन गर्नु परेको छ। त्यस्ता आयोजनामा भुक्तानीको दायित्व सिर्जना भइसकेको हुँदा, त्यसको निवारण गर्न बजेट छुट्याउनु परेको स्पष्ट पार्दै उनले कुनै नीतिगत विचलन नभएको जिकिर गरे।

उनले विपद् पुनर्निर्माण, संघीय सरकारको एकल सूचीअन्तर्गतका विशेष परियोजनाहरू, जुन प्रदेश वा स्थानीय तहले निर्माण गर्न सक्दैनन्, यस्ता केही अपवादहरूमा मात्र तीन करोडभन्दा कमको विनियोजन भएको उल्लेख गरे। पौडेलले यो नीति सम्पूर्ण मन्त्रालयबीच लामो छलफलपछि कार्यान्वयनमा ल्याइएको भन्दै यसको पालना भएकोमा आफू विश्वस्त रहेको बताए।

प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका आयोजनामा भने संघीय सरकारले कम बजेट राखेको देखिनु स्वाभाविक भएको उनको तर्क थियो। बजेट मार्गदर्शन स्पष्ट बनाउँदै उनले संघीय तहबाट तीन करोडभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने दिशातर्फ सरकार अघि बढ्ने बताए। तीन करोडको सीमा तय गर्न ठूलो मेहनत गरिएको भन्दै उनले आगामी वर्षहरूमा अझ नीति स्पष्ट बनाइने आश्वासन पनि दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?