© २०२३
बुटवल, ०२ असार ।
मधेस प्रदेशको ४६ अर्ब ५८ करोड
मधेस प्रदेशले ल्यायो ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । उक्त बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । स्रोततर्फ आन्तरिक आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । यस पटक मधेसले राजश्व बाँडफाँडबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।
गण्डकी को ३१ अर्ब ९७ करोड
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ ।
कोशीको ३५ अर्ब ८७ करोड
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रूपैयाँको बजेट ल्याएको छ । कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ रु.१० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ अर्ब ७० करोड ७२ लाख रहेको छ