© २०२३
कपिलवस्तु, २ असार ।
कपिलवस्तु अस्पताल बिकास समिति तौलिहवाको अध्यक्ष पदमा मनोनित नेकपा एमालेका युवा नेता तथा नगर अध्यक्ष श्याम प्रकाश प्रजापतीको पदभार तथा शुभकामना कार्यक्रम गरिएको छ । कपिलवस्तु अस्पतालमा आयोजित कार्यक्रममा प्रजापतीले पदभार ग्रहण गरेका हुन ।
जेठ ३० गतेको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको मन्त्रीस्तरीय निर्णयले अध्यक्षमा मनोनयन भएका प्रजापतीले सबै पक्ष सँगको सहकार्यमा अस्पतालको सेवा प्रभावकारी बनाउन लागी पर्ने प्रतिबद्धता जनाए । अस्पतालको सेवा बिस्तार र गुणस्तर अभिबृद्धि आफ्नो प्राथमिकतामा रहेको उनले जनाए । कपिलवस्तु अस्पतालमा समय समयमा व्यवस्थापकिय कमी कमजोडी देखिने गरेकोमा ति कमी कमजोडी सुधार्न सबै पक्ष बिच सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । अस्पताल व्यवस्थापन समितिमा युवा नेतृत्व आएकाले अस्पतालको सेवा प्रवाहमा सुधार आउने लुम्बिनी प्रदेश सदस्य मधुसुदनशरण चौधरीको भनाई थियो ।
अस्पतालले अपेक्षाकृत सेवा प्रवाह गर्न नसकिरहेको अहिलेको अवस्थामा सेवा सुधारमा सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । अस्पतालबाट प्रदान गरिने सुत्केरी सेवा प्रभावकारी नभएको, सेवा प्रवाह भन्दा बढि रिफर गर्ने गरेको गुनासो आउने गरेकाले सो बिषय सुधार्न उनले सुझाव दिए । अस्पतालमा राजनिती भन्दा पनि सेवा भावले काम गर्न आवश्यक रहेकोमा आचार्यले जोड् दिए ।
पछिल्लो १ बर्ष यता बिमा बोर्डले बिमाको समयमै भुक्तानी नदिएका कारण बिमा सेवा प्रवाहमा समस्या आउने गरेको अस्पतालका डाक्टर अजय चौधरीले गुनासो गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बाबुराम खनाल, जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मी, एमाले जिल्ला सचिव सिबी गहतराज, एमाले नेता खुम आचार्य, शुसिला दर्लामी, सरिता आचार्य, बाल संगठन जिल्ला अध्यक्ष गोपालमणी ज्ञवाली, कपिलवस्तु बचतका अध्यक्ष राजु प्रसाद अर्याल, समाजसेवी कालीपद शर्मा, उद्योग बाणिज्य संघ तौलिहवाका उपाध्यक्ष अजय कसौधन, अस्पतालका निमित्त मेसु राकेश कुमार साह, सुचना अधिकारी रत्नाकर शुक्ला लगायतले अध्यक्ष प्रजापतीलाई शुभकामना दिएका थिए ।