© २०२३
काठमाडौँ, ०२ असार ।
अब एनसेलको सधैँ अनले ग्राहकहरूलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहन मात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरूका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् ।
यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ । त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनस स्वरूप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ ।‘सधैँ अन करोडपति’ योजना आज ९आइतबार, असार १०देखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ ।
यो योजना आइतबारदेखि शनिवार सम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।
“यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठुलो योजना सञ्चालनमा ल्याएका छौँ । सबैलाई सधैँ सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैँ अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौँ । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विशेष बनेको छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।
ग्राहकहरूले ८१२३३ डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरू लिन सक्छन् । त्यसै गरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैङ्क प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरूले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् ।