ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी

५ अर्ब ६२ करोडको, ‘एक घर: एक धारा’ अभियानलाई निरन्तरता

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बुटवल, २ असार ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत खानेपानी, सरसफाइ र शहरी विकास क्षेत्रलाई प्राथमिकता दिँदै रु. ५ अर्ब ६२ करोड विनियोजन गरेको छ। सन् २०३० सम्म सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने दीर्घकालीन लक्ष्यअनुरूप प्रदेश सरकारले बहुवर्षीय आयोजना र स्रोत संरक्षणमा जोड दिएको देखिन्छ।

“एक घर: एक धारा” अभियानलाई सहकार्य र सहलगानीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेका २२८ खानेपानी आयोजना सम्पन्न गर्नका लागि मात्र रु. ७७ करोड ६५ लाख छुट्याइएको छ। यस्तै, परम्परागत पानी स्रोतहरूको संरक्षण र खानेपानीको गुणस्तर सुधार कार्यक्रमका लागि रु. १० करोड विनियोजन गरिएको छ।

शहरी र ग्रामीण क्षेत्रको व्यवस्थित विकासका लागि सरकार दृढ देखिएको छ। सहर तथा बस्तीहरूलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र आधुनिक बनाउनका लागि नमुना बस्ती विकास, पहाडी क्षेत्रमा एकीकृत बसोबास, तराईमा अनियन्त्रित बसाइसराइ न्यूनीकरण, र आर्थिक कोरिडोर विकासका लागि सम्भाव्यता अध्ययन गरिने बजेट बकत्वयमा उल्लेख छ ।

मध्यपहाडी लोकमार्ग र हुलाकी सडकको आसपास बस्ती विकास योजना ल्याइने र राप्ती नदी सभ्यतामा आधारित आधुनिक राजधानी शहरको विकासलाई पनि प्रदेश गौरवको आयोजनाको रूपमा प्राथमिकता दिइने उल्लेख गरिएको छ भने राजधानीमा निर्माणाधीन प्रशासनिक भवनहरू आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरेर नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिने बजेटमा उल्लेख छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज) ले स्थानीय निर्माण सामग्री र प्रविधिको प्रयोग गरी परम्परागत वास्तुकलायुक्त सुरक्षित आवास निर्माण तथा बस्ती संरक्षण, विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र आश्रयस्थल निर्माणका कार्यक्रम पनि कार्यान्वयन गरिने बताए । प्रदेश सरकारको योजना अनुसार, यी सबै योजनाले प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?